क्रिकेट सामग्री हस्तान्तरण

क्रिकेट सामग्री हस्तान्तरण

काठमाडौं : पोखराको राइजिङ पोखरा क्रिकेट एकेडेमीलाई खेल सामग्री हस्तान्तरण गरिएको छ । पुष्पतारा केडिया सेवा संस्थानद्वारा आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान शरद भेषावकरले एकेडेमीलाई बल, ब्याटलगायत सामग्री हस्तान्तरण गरेका हुन् । शरदले बृज सिमेन्ट इन्डस्ट्रिजद्वारा प्रायोजित खेल सामग्री एकेडेमीलाई हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय टोलीका भरपर्दा खेलाडी शरद बृज सुपर प्रिमियम ओपीसी सिमेन्टका ब्रान्ड एम्बेसडरसमेत हुन् । गत वर्ष स्थापना भएको एकेडेमीमा ३० युवा खेलाडीले क्रिकेट सिक्दै आइरहेका छन् । शरदले युवा खेलाडीहरूका लागि खेल सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । ‘नेपालमा पछिल्लो समय क्रिकेट क्रेज बढिरहेको छ ।

त्यससँगै क्रिकेटका प्रतिभाहरू पनि आइरहेका छन्’, शरदले भने, ‘केही प्रतिभा खेल सामग्री जुटाउन नसक्दा यत्तिकै खेर गइरहेका पनि छन् । यी खेल सामग्री यहाँका युवा खेलाडीलाई आफ्नो क्षमतामा निखार ल्याउन महत्वपूर्ण हुने अपेक्षा गरेको छु ।’ खेल सामग्री हस्तान्तरण कार्यक्रममा पोखरा उद्योग वाणिज्य महासंघका अध्यक्ष विश्व पालिखे लगायतको उपस्थिति थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.