विवेकशील भन्छ : तुलनात्मक रुपमा राधेश्याम अधिकारी सक्षम

विवेकशील भन्छ : तुलनात्मक रुपमा राधेश्याम अधिकारी  सक्षम

काठमाडौ : विवेकशील साझा पार्टीले राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई समर्थन गर्ने निर्णय प्रति भइरहेको आलोचनाका सन्दर्भमा स्पष्टिकरण दिएको छ। उसले राष्ट्रिय सभाका अन्य प्रत्यासी भन्दा अधिकारी उपयुक्त विकल्प भएकोले समर्थन गर्ने निर्णय गरेकाे जनाएको छ। विवेकशीलले राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ३ मा अधिकारीलाई मतदान गर्ने निर्णय गरेको छ।

विवेकशीलले राष्ट्रिय सभामा अघि सारिएका उम्मेदवारमध्ये समग्रतामा हेर्दा छवि, अनुभव र प्रवुद्धताका हिसाबले तुलनात्मक रुपमा अधिकारी सक्षम भएको बताएको छ।
अधिकारीको भ्रष्ट्रचारको कसूरमा सजाय भुक्तान गरिसकेको व्यक्तिले भविष्यमा चुनाव लड्न पाउनु पर्ने अभिव्यक्ति प्रति असहमत रहेको जनाएको छ। अधिवक्ता समेत रहेका अधिकारीले भ्रष्ट्राचारी प्रमाणित भएका कांग्रेस नेता खुमबहादुर खड्काले चुनाव लड्न पाउनु पर्छ भनेर वकालत गरेको थिए। भ्रष्ट्राचारीले चुनाव लड्न पाउनु पर्छ भनेर वकालत गर्ने अधिकारीलाई विवेकशीलले राष्ट्रिय सभामा मतदान गर्ने निर्णय गरेपछि सर्वत्र विरोध भएको छ।

विवेकशीलका प्रवक्ता सुर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ : राष्ट्रियसभामा विभिन्न जटिल विषयहरूलाई सूक्ष्म ढंगबाट केलाएर विवेकपूर्ण निर्णय लिनसक्ने क्षमता उनमा छ भन्ने हाम्रो विश्वास हो। देशका लागि अत्यन्त घातक ‘शिक्षा विधेयक’ ल्याइदा संसदमा पार्टीको निर्णयभन्दा विपरित गएर मतदान गर्ने तीनजना सांसदमध्ये अधिकारी एक  हुन। चर्चित लोकमानसिंह कार्की र शुशिला कार्कीमाथिको छुट्टाछुट्टै महाभियोग प्रकरणमा अधिकारीले खेलेको जनपक्षीय भूमिका र उनले संसदमा दिएका अभिव्यक्तिको पनि यहाँ स्मरण गरिनु वान्छनीय हुन्छ।

अधिवक्ता अधिकारीले चलाएको सैद्धान्तिक बहसका कारण राष्ट्रियसभामा उनले सकारात्मक भूमिका खेल्ने विवेकशीलले आशा गरेको छ। विवेकशीलले कांग्रेसको सहमति दीर्घकालीन सहकार्य नभई राष्ट्रिय सभाको निर्वाचनसम्मका लागि मात्र भएको स्पष्ट पारेको छ। सत्ता बाहिर र भित्र रहँदा कांग्रेसले पक्षपोषण गरेका खराब प्रवृतिको प्रकारान्तरसम्म पनि विरोध र आलोचना गरिरहने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.