छथरका सरकारी कार्यालयमा सिसी टिभी र विद्युतीय हाजिरी

छथरका सरकारी कार्यालयमा सिसी टिभी र विद्युतीय हाजिरी

तेह्रथुम : छथर गाउँपालिकाले सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी मेसिन र सिसी टिभी जडान गरेको छ । गाउँपालिका कार्यालयसहित सेवा क्षेत्र भित्रका विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालयहरुमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको बताइएको छ ।

सुशासन अभिवृद्धि, शैक्षिक गुणस्तरमा सुधार तथा नियमित अनुगमनलाई व्यवस्थित गर्न गाउँपालिका कार्यालयमा सिसी टिभी तथा विद्युतीय हाजिरी जडान गरिएको अध्यक्ष सन्तवीर लिम्बुले बताए । गाउँपालिका कार्यालयका सबै शाखा र कोठामा सिसी क्यामेरा जडान गरिएको छ । ती सबै काम र गतिविधिको प्रत्यक्ष निगरानी गाउँपालिका अध्यक्षको कोठाबाट गरिन्छ । यस्तै गाउँपालिकाले सेवा क्षेत्रका नौ वटा माध्यमिक विद्यालय, ६ स्वास्थ्य चौकी र सात वटै वडा कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको प्रवक्ता राजन नेपालीले बताए ।

विद्युतीय हाजिरी जडानपछि शिक्षकहरु नियमित विद्यालयमा उपस्थित भए नभएको अनुगमन गर्न सहज हुने भएको छ । यसले सरकारी विद्यालयप्रतिको विकर्षण हटाउन सजिलो हुने आशा गरिएको छ ।

विद्युतीय हाजिरी जडानपछि कर्मचारीहरु ढिलोगरी कार्यालय आउने, मनपरी विदा लिने जस्ता समस्या सुल्झिने समेत आशा गरिएको छ । गाउँपालिकालाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत विद्युतीय हाजिरी र सिसी टिभीको स्थापना गरिएको गाउँपालिकाको जनायो । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा छथरले पहिलो पल्ट यो अभ्यासको थालनी गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.