भारतीय दूतावासको भोजमा किन गएनन् ओली ?

भारतीय दूतावासको भोजमा किन गएनन् ओली ?

काठमाडौँ । दक्षिणी छिमेकी मुलुक भारतले शुक्रबार भव्य समारोहबीच ६९ औँ गणतन्त्र दिवस मनाएको छ । नयाँदिल्लीस्थित राजपथमा भव्य कार्यक्रमसहित गणतन्त्र दिवस मनाएको हो ।

नेपालसहित विश्वभरका भारतीय दुतावासमा पनि गणतन्त्र दिवस मनाइएको छ । नेपालस्थित भारतीय दूतावासले गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका उच्च पदस्थ नेताहरु सहभागी भए ।

तर भावी प्रधानमन्त्रीका रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने दूतावासले गणतन्त्र दिवसका लागि दिएको निम्तो छल्दै पोखरा पुगेका छन् । उनले त्यहाँ सामुदायिक रेडियो प्रसारक सं‌घको १३ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै देउवा सरकारको कडा आलोचना गरे ।

ओलीको सचिवालयका अनुसार यसअघि नै निर्धारित भइसकेको कार्यक्रमलाई सम्बोधन गर्न ओली पोखरा पुगेका हुन् । त्यहाँको कार्यक्रमलाई सम्बोधन गरेर ओली काठमाडौँ फर्किने कार्यक्रम छ ।

गत वर्ष भारतीय दूतावासले गरेको गणतन्त्र दिवसको कार्यक्रममा पनि ओली सहभागी भएका थिएनन् । तर, अन्य शीर्ष नेताहरु भने त्यो कार्यक्रममा पुगेका थिए ।

पढ्नुस्: प्रधानमन्त्री बन्न लागेकोमा ओलीलाई मोदीको बधाई

एक सातअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा फोन गरेर बधाई दिएका थिए । उनले ओलीलाई भारत भ्रमणको निम्तो पनि दिएका थिए । प्रत्युत्तरमा ओ‌लीले पहिले मोदीलाई नेपाल आउन आग्रह गर्दै मुक्तिनाथ र जनकपुर घुमाइदिने उल्लेख गरेका थिए ।

ओलीका प्रेस सं‌योजक चेतन अधिकारीले अध्यक्ष ओली शुक्रबारै पोखराबाट काठमाडौँ फर्किन लागेको बताउँदै राजधानी आएपछि उनी कुनै कार्यक्रममा सहभागी हुने योजना नरहेको जानकारी दिए ।

कुन् कुन् नेता पुगे दूतावास ?

लैनचौरस्थित भारतीय दूतावासमा गरिएको गणतन्त्र दिवसको प्रमुख अतिथिकारुपमा उपराष्ट्रपति नन्दबहादुर पुन पुगेका थिए । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवा पनि अतिथिका रुपमा पुगेर औपचारिक कार्यक्रम तथा दिवा भोजमा सहभागी भए ।

दूतावासको कार्यक्रममा पुगेका नेपालका शीर्ष नेताहरु । तस्बिर: रासस

पढ्नुस्: मोदीको बधाई :चुनाव गराएकोमा देउवालाई, जितेकोमा ओली र दाहाललाई

 

त्यसैगरी यो कार्यक्रममा पू्र्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि सहभागी भए ।

दूतावासको भोजमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विजय गच्छदार र बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पनि सहभागी भए । कार्यक्रममा अभिनेत्री मनीषा कोइराला पनि सहभागी भइन्।

ओलीले पोखरामा के भने: देउवाका निर्णय उल्टाउँछौँ : ओली

 

त्यसैगरी दूतावासले शीर्षस्थ मधेसवादी नेताहरुलाई पनि बोलाएको थियो । उनीहरु पनि दिवा भोज कार्यक्रममा सहभागी हुन दूतावास पुगेका छन् ।

दूतावासले गरेको दिवा भोजमा प्रम ओलीबाहेक दलका शीर्ष तथा दोस्रो तहका नेताहरु पनि सहभागी भएका छन् । भावी प्रम तथा एमाले अध्यक्ष ओलीले भने दुतावासको निम्तो आएर पनि सामुदायिक रेडियको कार्यक्रममा सहभागी हुन सचिवालयका केही सदस्यसहित पोखरा हिँडेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.