प्रधानमन्त्री कप महिला भलिबल: तीन देशका टोली, पुरस्कार दोब्बर

प्रधानमन्त्री कप महिला भलिबल: तीन देशका टोली, पुरस्कार दोब्बर

नेपालगन्जः ‘सीमामा सद्भाव’ भन्ने मूल नाराका साथ बाँकेको नेपालगन्जमा आयोजना हुँदै आएको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता यसवर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता बनाइएको छ ।

गत वर्षसम्म नेपाल लगायत भारतको टिमको सहभागिता रहँदै आएको प्रतियोगितालाई स्तरोन्नति गर्दै बङ्गलादेशलाई समेत सहभागी गराएर यसवर्षदेखि त्रिदेशीय प्रतियोगिता बनाइएको हो ।

बाँके जिल्ला भलिबल सङ्घले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई त्रिदेशीय बनाएको जानकारी दिएको हो । ‘हामीले प्रधानमन्त्रीको सम्मानमा महिला सहभागितालाई सुनिश्चित गराउन प्रतियोगिताको थालनी गरेका थियौँ’ बाँके जिल्ला भलिबल सङ्घका अध्यक्ष टिएस ठकुरीले भने, ‘यसवर्षदेखि यस प्रतियोगितालाई अन्तर्राष्ट्रियकरण गराउन त्रिदेशीय बनाएका छौँ, यसबाट प्रतियोगिताको स्तरउन्नती र आकर्षण समेत बढ्ने विश्वास लिएका छौँ ।’

ठकुरीका अनुसार प्रतियोगिता आगामी फागुन ३ गतदेखि ७ गतेसम्म नेपालगन्जको रंगशालास्थीत कभर्टहलमा हुनेछ । उनले प्रतियोगितामा यसवर्ष बङ्गलादेशको एउटा टिम सहभागी भए पनि आगामी वर्षदेखि अन्य देशहरूलाई समेत सहभागी गराउने लक्ष्य रहेको जानकारी दिए ।

प्रतियोगितामा सात वटा टिमको सहभागिता रहने छ । जसमा नेपाली टिममा नेपाल एपीएफ कलव, नेपाल पुलिस क्लब, न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल टिम पोखरा र आयोजक टिम रहेका छन् ।

यस्तै, अन्तर्राष्ट्रिय टिममा भारतको देहरादुन र बंगलादेशी टिम रहेको अध्यक्ष ठकुरीले जानकारी दिए । चौथो संकरणसम्म नेपाल र भारतका टिम मात्रै खेल्दै आएकोमा यसवर्षदेखि बंगलादेशी टिम थप भएको बताइएको छ ।

‘आयोजना र व्यवस्थापनका हिसाबले नेपाली भलिबल ठुलो प्रतियोगिताको रूपमा स्थापित हुँदै गरेको प्रधानमन्त्री कपको तयारी अघि बढाइएको छ’ उनले भने, ‘हामीले यस पटक त्रिदेशीय बनाएका छौँ, आगामी दिनमा यसको सहभागिता क्षेत्र अँझै फराकिलो बनाउँदै जानेछौँ, जसले नेपालगन्जलाई खेल नगरीका रूपमा परिचित गराउन पनि मद्दत गर्नेछ ।’

पुरस्कार राशि दोब्बर

चौथो संस्करणसम्म प्रभम विजेतालाई एकलाख राशि पुरस्कार प्रदान गर्दै आएको आयोजकले यसवर्षदेखि पुरस्कारलाई पनि दोब्बर गरेको छ । यसपटकको विजेता टिमले पुरस्कार नगद दुईलाख रकम प्राप्त गर्नेछ । साथै द्धितीय हुनेले एकलाख र तृतीय हुने टिमले ५० हजार नगद रकम प्राप्त गर्ने आयोजकले जनाएको छ । यसै गरी प्रतियोगितामा विभिन्न विधागत उत्कृष्टलाई पनि नगद र उपहार दिइने योजना रहेको छ ।

प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा नेपाल एपीएफ, तथा तेस्रो र चौथो संस्करणमा भारतको रेलवे टिम कोलकत्ता प्रथम भएको थियो । यस पटक भने दुईवटा प्रतियोगिताको विजित टिम रेलवे सहभागी नहुने भएको छ ।

आयोजकले दुई महिना अघि नै सहभागिताको लागि पत्राचार गरे पनि कोलकत्तामै हुने आन्तरिक प्रतियोगितामा व्यस्त रहेको जनाउँदै नेपालगन्जमा सहभागी हुन नसक्ने बताएको आयोजले जानकारी दिएको छ । आगामी वर्ष हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिसनलाई पनि प्रधानमन्त्रीकपले सहयोग गर्ने बताइएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग र केही स्थानीय संघसंस्थाहरुको समन्वयमा प्रतियोगिताको खर्च व्यवस्थापन गरिएको आयोजक सङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.