ब्लड क्यान्सरपीडित कृष्टिनालाई एनआरएनए युकेको ५ लाख
काठमाडौँ: गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युकेले एकजना क्यानसरपीडित बालिकालाई ५ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
संघका उपाध्यक्ष तथा आपतकालिन राहत कोषका संयोजक सुशीला राईको संयोजकत्वमा संकलित ५ लाख १ हजारको चेक ब्लड क्यान्सरबाटपीडित ४ वर्षीया कृष्टिना सुनुवारको उपचारको लागि उनका बुवा निरकुमारलाई नर्भिक अस्पतालमा हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा युकेका आइसिसी सदस्य सुष्मा राई, कुवेतका आईसिसी सदस्य अमित चाम्लिङ्ग राई, आइसिसीका निवर्तमान सचिव अर्जुन श्रेष्ठ र राष्ट्रिय समन्वय परिषद् बेल्जियमका उपाध्यक्ष कमल पन्थी उपस्थित थिए ।