पेम्बाले पाए एक लाख

पेम्बाले पाए एक लाख

काठमाडौं : अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक योजना अन्तर्गत लक्की ड्रबाट विजेता बनेका बानेश्वरका पेम्बा शेर्पाले शुक्रबार नगद एक लाख रुपैयाँ उपहार बुझेका छन् । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उपहार स्वरुप उनलाई एक लाख रुपैयाँको चेक प्रदान गरे । बिहीबार गरिएको लक्की ड्रबाट रसिद नम्बर ११७१८ का शेर्पाले एक लाख रुपैयाँ उपहार जितेका हुन् ।

‘उपहार प्रदान गर्ने मात्र होइन । ग्राहक बनिसकेका पाठकलाई दिने सेवालाई पनि प्रभावकारी बनाएका छौ’ सर्कुलेशन म्यानेजर मनोज बस्नेतले भने ‘ग्राहक बनेको भोलिपल्टैबाट पत्रिका उहाँहरु सामु पुर्याउँछौ ।’ वार्षिक ग्राहकलाई छिटो छरितो रुपमा सेवा प्रवाह गर्नका लागि सात वटै प्रदेशलाई समेट्ने गरी क्षेत्रीय र केन्द्रिय कार्यालयमा छुट्टै डेक्स समेत संचालन गरिरहेको उनले बताए ।

त्यसै गरी पोखरा लेखनाथ महानगरपालिकाले नगद एक लाख रुपैयाँ उपहार जितेको छ । शुक्रबार पन्थीले गरेको लक्की ड्रबाट रसिद नम्बर १०५७६ को पोखरा लेखनाथ महानगर पालिकाले नगद एक लाख रुपैयाँ उपहार जितेको हो । हरेक दिन गरिने लक्की ड्र को एपिवान टेलिभिजनले प्रत्यक्ष प्रशारण गदै आएको छ ।

अन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको वार्षिक ग्राहक योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्ना साथ हात हातै इलेक्ट्रोनिक्स् ब्ल्डप्रेसर मेसिन (बिपी मेसिन) उपहार पनि पाउने छन् । साथै हरेक दिन एक जना वार्षिक ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ उपहार पाउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.