ओली-दाहाल गोप्य छलफलमा

ओली-दाहाल गोप्य छलफलमा

काठमाडौं : एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार गोप्य छलफलमा बसेका छन् । पार्टी एकता ‘निर्णायक मोड’ मा पुगेको भन्दै ओली र दाहाल ‘वान टु वान’ वार्तामा बसेको ओलीनिकट स्रोतले जानकारी दियो ।

पोखराबाट फर्किएलगत्तै ओली निवासमा कार्यदलका संयोजक नेम्बाङ र माओवादी केन्द्रका नेता रामबहादुर थापाले ओली र दाहाललाई कार्यदलको ‘ब्रिफिङ’ गरेका थिए ।

कार्यदलले प्रदेशका मुख्यमन्त्री र सभामुखको बाँडफाँटबारे भएको प्रगतिको जानकारी गराएको थियो । ‘हामीले कार्यदलको ब्रिफिङ गर्‍ यौं र त्यसपछि नेताहरू गोप्य छलफलमा जुट्नुभयो,’ संयोजक नेम्बाङले भने ।

पार्टी एकताबारे ओली र दाहालबीच गत शुक्रवार ४ घण्टा लामो वार्ता भएको थियो । त्यसको भोलिपल्ट पनि दुई नेताबीच छलफल भएर राष्ट्रियसभाको उम्मेदवारी दर्तापछि पुनः छलफलमा जुट्ने सहमति भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.