धनराज गुरुङको प्रश्न: नेपाल आमाको छातीमा विदेशीसँगै परेड खेल्नेलाई कसरी नेपाली भनौँ ?
काठमाडौं : कांग्रेस नेता धनराज गुरुङले वीरगञ्ज महानगरपालिका १ भारतसँग सीमा जोडिएको छपकैयामा नेपाली सीमा मिचिएको विषयलाई लिएर कडा टिप्पणी गरेका छन्।
भारतले नेपाली सीमा मिचेको क्षेत्र छपकैयामा पुगेको तस्बिर ट्विटरमा सार्वजनिक गर्दै गुरुङले सीमा मिचिएको सन्दर्भमा राज्यको जिम्मेवार निकायमा गुपचुप रहेकोप्रति आक्रोश व्यक्त गरेका छन्। उनले जिम्मेवार निकायका अधिकारीलाई सीमा क्षेत्रमा पुगेर यथार्थ बुझ्न चेतावनीसमेत दिएका छन्।
नेता गुरुङले काठमाडौंमा बसेर लैनचौर दरबारसँगै बोली मिलाएर दलाली गर्नेहरुले एकपल्ट वीरगन्जको छपकैयाको सिर्सेया खोला किनार पुगेर नयाँ सीमा स्तम्भ हेर्ने पर्ने दाबी गरेका छन्।
‘वीरगन्जमा सीमा मिचिएको सन्दर्भमा काठमाडौंमा बसेर लैनचौर दरबारसँगै बोली मिलाएर दलाली गर्नेहरुले एक पल्ट वीरगन्ज छपकैयाको सिर्सैया खोला किनार पुगेर नयाँ गाडिएका सीमा स्तम्भ सम्बन्धि यथार्थ बुझुन्’, गुरुङले ट्वीटरमा लेखेका छन्, ‘नेपाल आमाको छातीमाथि विदेशीसँगै परेड खेल्न खोज्नेहरुलाई म कसरी नेपाली भनौँ।’
बिरगन्जमा सिमा मिचिएको सन्दर्भमा काठमाण्डौंमा बसेर लैनचौर दरवरसँगै वोली मिलाएर दलाली गर्नेहरुले एक पल्ट बिरगन्ज छप्कैयाको सिर्सैया खोला किनार पुगेर नयाँ गाडिएका सिमा स्तम्भ सम्बन्धि यथार्थ बुझुन्।नेपाल अामाको छातीमाथी विदेशीसँगै परेड खेल्न खोज्नेहरुलाई म कसरी नेपाली भनुँ? pic.twitter.com/SglqgxcmQn
— Dhan Raj Gurung (@dhanrgrg) January 27, 2018
भारतले सीमा मिचेको सरकार किन देख्दैन ?
विद्यार्थी नेतालाई देउवाले भने : नेपालको भूमि एक इन्च पनि मिच्न दिन्न
नयाँ पिलर राख्दा १२ नेपालीको ३० बिघा नम्बरी जग्गा भारतमा !