प्रदेश ५ को पहिलो संसद बैठक माघ २१ गते

प्रदेश ५ को पहिलो संसद बैठक माघ २१ गते

बुटवल : प्रदेश नम्बर ५ को पहिलो बैठक माघ २१ गते हुने भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले शपथ ग्रहण भएको साता दिनपछि माघ २१ का लागि बैठक बोलाएका हुने।

बैठकको सार्वजनिक सूचना भने आइतबार मात्रै प्रकाशित हुनेछ । प्रदेश सचिव सनत दुवाडीले २१ गते बैठक बोलाउने गरी आइतबार सूचना प्रकाशित हुने बताए ।

प्रदेशको पहिलो बैठक बुटवल उद्योग वाणिज्य संघका सभाहलमा हुनेछ । संसद भवन निर्माणका लागि आइतबारदेखि काम सुरु हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । ‘संसद बैठक उद्योग वाणिज्य संघको हलमा हुने भएको छ । भोली (आइतबार) देखि डेकोरेशनको काम सुरु हुनेछ’, उनले भने ।

मुख्यमन्त्रीको भवनका लागि श्रम कार्यालय, अख्तियार र तापतौल कार्यालयको भवन मध्ये एउटा प्रयोग गर्ने तयारी भएको छ । मुख्यमन्त्री कार्यालयका सचिव शंकर पाठकको सल्लाह बमोजिम कार्यालय तोकिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.