बाबुरामका कारण गोरखासँग मेरो सम्बन्ध सुमधुर भएन : नारायणकाजी

बाबुरामका कारण गोरखासँग मेरो सम्बन्ध सुमधुर भएन : नारायणकाजी

गोरखा : निर्वाचनको समीक्षाको क्रममा शनिबार गोरखा आएका माओवादी नेता नारायणकाजी श्रेष्ठले आफू पूर्व सहकर्मी बाबुराम भट्टराईका कारण जिल्लाको र आफ्नो सम्बन्ध सुमधुर हुन नसकेको खुलासा गरेका छन्। जिल्लासँग कम सम्बन्ध र सम्पर्क भएकाले पराजित भएको तर्कको जवाफ दिदै उनले यस्तो रहस्य खोलेका हुन्।

‘तपाइँहरुले मलाई हिजोको दिनमा जिल्ला आउने काम कम भयो भन्नुभयो। तपाइँहरुले भन्नु भएको कुरा एक अर्थमा सही नै हो तर त्यसभित्र लुकेका सबै कथाव्यथा चाहिँ म बताउन चाहन्न’, बाबुरामका कारण आफू जिल्ला आउन नसकेको इंगित गर्दै उनले भने। ‘म एउटा मात्रै घटना सुनाउन चाहन्छु। म माओवादी पार्टीको उपाध्यक्ष, बाबुरामजी नि उपाध्यक्ष। एकचोटी गोरखाको माओवादी पार्टीले के निर्णय गर्‍यो भने जिल्ला परिषदको उद्घाटन सँधै एउटा उपाध्यक्षलाई मात्र किन गर्न लगाउने ? अर्को उपाध्यक्ष पनि हुनुहुन्छ भनेर मलाई बोलाउने निर्णय गर्‍यो। तर, बाबुरामजी हुलहुज्जत, जत्थाबत्था लिएर बलजफ्ती मञ्चमा पसेर ‘म भीमसेन थापा झै सेरिएर मर्न तयार छु, तर छोड्दिन’ भनेर आफैले उद्घाटन गरेर जानुभयो।’

बाबुराम भट्टराईसंगको टकरावका कारण आफू जिल्ला कम आउने बाध्यतामा परेको उनको भनाइ थियो। ‘मेरो चिन्तन अली फरक छ। पार्टी आफ्नै हो। बेकारको छिनाझप्टी किन गर्ने ? लौ गरिखाऊ भनेर मैले छोड्दिएको हुँ’, श्रेष्ठले आफ्नो पीडा थप पोख्दै भने, ‘के के गर्न आएको जस्तो, भाग छोप्न आएको जस्तो किन गर्ने ?’, श्रेष्ठले भने।

उनले अब भने राष्ट्रिय आवश्यकताले पनि जिल्लाको आवश्यकताले पनि गोरखाको क्रान्तिकारी वामपन्थीको नेतृत्व आफूले नै गर्नुपरेको बताए। ‘यो आम नेपाली, आम गोरखालीको आशा र आकांक्षा हो, यसमा कहिल्यै तुषारापात हुन दिन्न। अबदेखि म निक्कै घनिभूत सम्पर्कमा रहनेछु, छलफलमा रहनेछु, यसकै आधारमा काम गर्ने मेरो प्रतिवद्धता छ’, उनले भने, ‘निर्वाचनको पराजयपछि अब झन वैचारिक, राजनीतिक र सांगठिनक सुदृढीकरणका लागि तीब्र रुपमा लाग्नु पर्नेछ।’

उनले गोरखा २ मा संगठनै नभएकाले आफूले पराजय बेहोर्नु परेको खुलाए। ‘पहिलो कुरा, गोरखा २ मा हाम्रो त संगठनै रहेनछ’ उनले जिल्ला नेतृत्वतर्फ इङ्गित गर्दै भने ‘वैचारिक, राजनीतिक कुरा प्रष्ट पार्न र त्यसको आधारमा संगठन निर्माण गर्न, अनुशासित पार्न, विस्तार गर्न, विकास गर्न, सुदृढ पार्न र व्यवस्थित पार्नु पहिलो आवश्यकता हो। त्यसलाई पहिलो लक्ष्य बनाएर अब निरन्तर गोरखा आउनेछु।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.