बन्दुक पड्काएर र मान्छे मारेर समाजवाद आउने दिन गए : वामदेव

बन्दुक पड्काएर  र मान्छे मारेर समाजवाद आउने दिन गए :  वामदेव

काठमाडौं : एमाले उपाध्यक्ष वामदेव गौतमले चुनाव हारेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई समाप्त पारिरहेको बताए ।प्रदेश सभा सदस्य तथा स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख महिलाको बधाई तथा शुभकामना र प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष गौतमले भने, ‘सरकारको गरेको निर्णयले हामीलाई केही फरक पदैन, यसले शेरबहादुर र कांग्रेसलाई नै समाप्त पार्छ, देउवाका कारण कांग्रेस खुइलिरहेको छ ।’ उनले देउवा सरकारले जनता र राष्ट्रकाविरुद्ध षडयन्त्र गरिरहेको बताए । गौतमले देउवा सरकारले भ्रष्ट्राचार, दुराचार र राज्यको कोषको व्यापक दुरुपयोग गरिरहेको आरोप लगाए।

उनले देउवा सरकारले राज्य ढिकुृटी रित्तो बनाएर सरकार सुम्पिन खोजेको बताए । उनले देउवाले चाहेर पनि अब सत्ता लम्ब्याउन नसक्ने जिकिर गरे । उनले राष्ट्रिय सभाको निर्वाचनपछि सत्ता हस्तान्तरण गर्नुकाे विकल्प देउवासँग नरहेको बताए । उनले निर्वाचन आयोगलाई हतियार बनाएर सत्ता लम्ब्याउन दिन अन्त्य हुन लागेको बताए । उपाध्यक्ष गौतमले भने,‘संविधानको गतल व्याख्या गरेर, निर्वाचन आयोगलाई हतियार बनाएर चुनाव हारेका देउवाले यति दिन त सरकार लम्ब्याए तर अब राष्ट्रिय सभाको निर्वाचनपछि लम्ब्याउने ठाउँ नै छैन। ’ उनले फागुनको पहिलो सत्ता नयाँ सरकार बन्ने घोषणा गरे ।

'विकास कस्तो हुनुपर्छ हामी देखाइदिन्छौ'

एमाले उपाध्यक्ष गौतमले नयाँ नेपाल कस्तो हुन्छ भनेर पाँच वर्षभित्र देखाइदिने बताए । उनले भने, ’नयाँ नेपाल कस्तो हुन्छ, विकास कसरी हुन्छ त्यो हामी देखाइदिन्छौँ ।’ उनले मुलुकमा विकासको अधिवेरी ल्याइदिने बताए । उनले १० वर्ष मा मार्क्स र एंगेल्सले कल्पना गरेको समाजवाद ल्याएर देखाइदिने बताए । ‘मार्क्स र एंगेल्सले परिकल्पना गरेको, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीले सोचेको समाजवाद ल्याएर देखाइदिने छौँ’, एमाले उपाध्यक्ष गौतमले भने ।

बन्दुक पड्काएर र मान्छे मारेर समाजवाद नआउने
एमाले उपाध्यक्ष गौतमले बन्दुक पड्काएर र मान्छे मारेर समाजवाद नआउने बताए । उनले माओवादी केन्द्रले सञ्चालन गरेको जनयुद्धप्रति इंगित गर्दै भने, ‘अब बन्दुक पड्काएर, मान्छे मारेर समाजवाद आउँछ भन्ने दिन समाप्त भए, शान्तिपूर्ण ढंगबाट चुनावका माध्यमबाट समाजवाद ल्याउन सक्छौं त्यो हामी देखाइदिन्छौं ।’

एकतामा केही समस्या

एमाले उपाध्यक्ष गौतमले वाम एकतामा केही प्राविधिक समस्यादेखिकाले एमाले, माओवादी एकतामा ढिलाई भएको बताए । उनले भने, ‘केही समस्या देखिएको छ, त्यसको समाधान गरेपछि पार्टी एकता हुन्छ ।’ उनले के समस्या हो भन्ने कुरा स्पष्ट पारेनन् ।उपाध्यक्ष गौतमले सरकार निर्माण अघि वा पछि पार्टी एकता हुने बताए । उनले भने, ’१०/१५ दिनमा नै एकता हुन सक्छ, एकडेढ महिना पनि लाग्न सक्छ,तर एउटै कम्युष्टि पार्टी बन्छ । ’

‘प्रतिपक्षमा कांग्रेस काफी ’
एमाले उपाध्यक्ष वामदेव गौतमले कांग्रेस इतरका सबै पार्टीलाई सरकारमा गोलबन्द हुन आह्वान गरेका छन् । उनले भने, ‘प्रतिपक्षमा कांग्रेस काफी छ, देश निर्माणको लागि कांग्रेस बाहेक सबै दल गोलबन्द हुनुपर्छ। ’उनले गैर कम्युनिष्टलाई पनि सरकारमा ल्याउन प्रयत्न हुने बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.