कुन्ता शर्मा आठ वर्षपछि एमालेमा फर्किइन्
काठमाडौ : साहित्यकार कुन्ता शर्मा एमालेमा फर्किएकी छन्। एमाले उपाध्यक्ष बामदेव गौतमले शनिबार टीका लगाएर शर्मालाई पार्टीमा फर्काएका हुन्।
शर्मा २०३२ सालदेखि नै तत्कालिन मालेमा आबद्ध थिइन्। एमालेबाट २०५६ मा सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा शर्मा निर्वाचित भएकी थिइन्। २०६४ सालमा शर्मा माओवादी प्रवेश गरेकी थिइन।
‘मैले पनि अर्को पार्टी बनाएको थिए,पछि फर्के आएँ, कतिपय मेरो पछाडी चलाउन नसकेर आयो पनि भने, तर मेरो अगाडि भन्ने हिम्मत कसैले गरेनन्, तपाई पनि त्यो कुरा आउन सक्छ तर त्यसले केही फरक पार्दैन’, एमाले उपाध्यक्ष गौतमले आफुले पार्टी छोडेको प्रसंग कोट्याउदै भने,‘दिउँसो चर्न गएको जन्तु अबेर राति घर आएजस्तो हो, म पनि फर्किएँ, तपाईँ पनि फर्कनुभयो ।’
कुन्तासहितका नेतालाई माओवादीले सल्लाहकार समितिमा मात्रै राखेको थियो । शर्मा एमालेसँग असन्तुस्टि जनाउँदै २०६६ सालमा माओवादीमा प्रवेश गरेकी थिइन् । अन्य नेताहरुसहित माओवादी बनेकी उनी त्यहाँ जिम्मेवारीविहीन अवस्थामा थिइन् ।