राष्ट्रिय सभा सदस्य रामबहादुर थापाको उम्मेदवारी खारेज

राष्ट्रिय सभा सदस्य रामबहादुर थापाको उम्मेदवारी खारेज

पोखरा : प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभाका लागि अपांग कोटामा एमालेबाट परेको रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । उनीसँग नयाँ कानुनअनुसार अपांग परिचयपत्र नभएको भन्दै निर्वाचन आयोगले उम्मेदवारी शनिबार खारेज गरेको हो ।

स्याङ्जाका थापाले २०६२÷३÷२७ मा लिएको अपांग परिचयपत्र आयोगमा पेस गरेका थिए । तर सरकारले अपांगता भएको व्यक्तिको परिचयपत्र वितरण सम्बन्धमा २०६५ सरकारले जारी गरेको निर्देशिका अनुसारको परिचयपत्र थापाले पेस नगरेको हुँदा उम्मेदवारी खारेजीमा परेको आयोगले जनाएको छ । थापाले २०५७ सालको नियमानुसारको परिचयपत्र लिएका थिए । ६५ मा सरकारले अघिल्लो नियम खारेज गरेको थियो ।
थापाको उम्मेदवारीविरुद्ध तनहुँका कांग्रेस प्रकाश पन्थले माघ ११ गते उजुरी गरेका थिए । उजुरी परेको भोलिपल्टै थापाले नयाँ परिचयपत्र लिएका थिए ।

तर, आयोगले उम्मेदवारी दिएको मितिभन्दा पछि परिचयपत्र लिएको हुँदा मनोनयन खारेजीको निर्णय गरेको हो । १० गते उम्मेदवारी दर्ताको मिति थियो । थापाले भने १२ माघमा नयाँ परिचयपत्र लिएर आफूविरुद्ध परेको उजुरीको स्प्रष्टीकरण पेस गर्दा सँगै उक्त परिचयपत्र उपलब्ध गराएका थिए । एमाले उम्मेदवार थापा खारेजीमा परेपछि कांग्रेसलाई राष्ट्रिय सभामा थप १ सिट मिल्ने भएको छ ।

‘राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ खण्ड (च) मा अध्यादेशको दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिमको पदको लागि उम्मेदवारी दिने अपाङ्गता भएको व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणित प्रतिनिपि पेश गर्नुपर्ने व्यवस्था रहेको सन्दर्भमा निज रामबहादुर थापाले मनोनयन पत्रसाथ पेश गरेको अपांगताको परिचयपत्र तत्काल प्रचलित कानुनी व्यवस्था बमोजिम नभएकोले निजको उम्मेदवारी रद्ध गर्न सम्बन्धिन निर्वाचन अधिकृतलाई दिनेशन दिने,’ आयोगको पत्रमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.