रुकुमकोटमा सदरमुकाम फर्काउने आन्दोलन चौथो दिन पनि जारी, सर्बसाधारण बिहानैदेखी पर्दशनमा

रुकुमकोटमा सदरमुकाम फर्काउने आन्दोलन चौथो दिन पनि जारी, सर्बसाधारण बिहानैदेखी पर्दशनमा

रुकुमकोट : गत बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा रुकुम पूर्वको सदरमुकाम प्रस्ताव गरिएको रुकुमकोटबाट सदरमुकाम अन्तै सार्ने गरी भएको सरकारी निर्णयको विरोधमा रुकुमकोटमा भैरहेको विरोध प्रर्दशन आज चौथो दिन पनि जारी छ। सदरमुकाम सार्ने निर्णय भएलगतै उक्त निर्णयको विरुद्धमा बिहीबार राति राके जुलुस गरेका स्थानीयले त्यपछिका हरेक दिन साँझपख मसालजुलुस निकालिरहेका छन्।

यस अन्तरगत रुकुमकोट उपत्यकाका सबै डाडँहरुमा शनिबार राति एकसाथ राके जुलुससहित विरोध पर्दशन भयो भने रातभरि नै सरकारी कार्यालयहरुको गेटमा स्थानीयहरु धर्ना बसे। माघको चिसोको पर्वाह नगरी निरन्तर आन्दोलनमा उत्रिएका सर्वसाधारणले आज बिहानैदेखी रुकुमकोट र आसपासका क्षेत्रमा पर्दशन जारी राखेका छन्।

आन्दोलन परिचालन समितिका संयोजक नन्दलाल शर्माका अनुसार सधैझैं आइतबार पनि बिहानैदेखी पर्दशन भएको र १० बजे युवाहरूले शान्तिपूर्ण लाठी जुलुस निकालेर दवाद दिने कार्यक्रम रहेको छ। त्यस्तै सरकारी कार्यालयमा २४ घण्टे धर्ना र दिनभरि जारी रहने शर्माले जनाएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले नै गत गत असोज १९ गते तत्कालीन गृहमन्त्री जनार्दन शर्माद्वारा जिल्लास्तरीय कार्यालयहरुको उद्घाटन गरी रुकुमकोटलाई अस्थायी जिल्ला सदरमुकामकारुपमा घोषणा गरिएको थियो। तर, अहिले त्यही सरकारले आफ्नो उक्त निर्णयलाई बेवास्ता गर्दै रुकुमकोटबाट सदरमुकाम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-१२ गोलखारामा सार्ने निर्णय गरेपछि रुकुमकोट र आसपासका स्थानीय निर्णयको विरोधमा उत्रिएका हुन्।

सरकारको निर्णय सार्वजनिक भएलगतै बिहीबार राति विरोध पर्दशन थालेका स्थानीयले रुकुम पूर्वसम्म आवतजावत हुने यातायात ठप्प पारेका छन् भने स्थानीय बजार, पसल, उद्योग कल-कारखाना पनि खुल्न दिएका छैनन्। स्थानीय गोपाल रेउलेले ‘सरकारको यो गलत निर्णयका विरुद्धमा हामी निरन्तर संघर्षमा छौ।’ उनले भने, ‘रुकुमकोटलाई साबिककै अवस्थामा सदरमुकाम कायम नगरिंदासम्म आन्दोलन जारी रहन्छ। हामी यसका लागी जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौ।’

प्रदर्शनकारीहरूले रुकुमकोट भित्रिने तीनवटा मुख्य नाकाका सडकमा खाल्डो खनेर र रुख ढालेर अवरूद्ध बनाएका छन् । आन्दोलनका कारणा हालसम्म कुनै अप्रिय घटना भने भएको छैन। रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले प्रर्दशनका कार्याक्रमहरु शन्तिपूर्ण भइरेको बताए । आफू र आफ्नो कार्यालयलाई घेराबन्दीमा राखेर पर्दशन भैरहेपनि आन्दोलनकारीहरु संयम रहेको सापकोटाको ठम्याइ छ। स्थानीय बजार र यातायात बन्द भनिएपनि जनताको आवश्यकतालाई ध्यानमा राखेर बिहान दुई घण्टाका लागी भने अत्यावश्यकीय खाद्यन्न पसल भने खुल्न दिइएको आन्दोलन परिचालन परिचालन समितिका संयोजक नन्दलाल शर्माले बताए।

बिरामी बोकेका र अन्य आकस्मिक कामका लागि भने परिचालन समितिको अनुमतिले यातायातका साधनहरु चल्न दिइएको छ। साविक रुकुम जिल्लाबाट विभाजन भएर बनेको रुकुम पूर्व भाग छुट्टै जिल्ला बनेपछि यसको अस्थायी सदरमुकाम भनेर तोकिएको रुकमकोटबाट सदरमुकाम सार्ने निर्णयको विरोधमा सिस्ने गाउँपालिकाका सबै स्थानीय जनप्रतिनिधि नै उत्रिएका छन् भने अन्य दुई गाउँपालिकाका जनप्रतिनिधिहरुको पनि साथ बटुल्ने उद्देश्यका साथ परिचालन समितिले लिखत अनुरोध गर्ने तयारी गरेको बताएको छ।

रुकुमकोटका पक्षमा प्रदेशसभा तथा प्रतिनिधिसभाका सांसदहरु पनि एक मत देखिएका छन्। एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पूर्व प्रतिनिधिसभा सदस्य कमला रोका, प्रदेशसभा १ का संसद तेजबहादुर ओली र प्रदेश सभा २ का संसद पूर्णबहादुर घर्तीले सरकारले गरेको निर्णय गलत भएको भन्दै तत्काल निर्णय सच्याउनका लागि भैरहेको आन्दोलनप्रति एैक्वद्धता जनाएको र यस निर्णयलाई कार्यन्वयन हुन नदिनका लागी आफ्नो ठाउँबाट पहल जारी राख्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्। यसबाहेक निर्वाचित संसदहरुको आधिकारिक धारणा धने आएको छैन। यसकासाथै स्थानीय राजनैतिक दलका नेता तथा कार्यकर्ता पनि आन्दोलनमा एक भएर लागेका छन्

गोलखाराबासीमा खुसीयाली

रुकुम पूर्वको जिल्ला सदरमुकाम आफ्नो ठाउँमा आउने भएपछि पुथा उत्तरगंगा गाउँपालिका १२ गोलखारा र आसपासका स्थानीयमा भने सरकारको यस निर्णयले खुसीयाली छाएको छ। देउवा सरकारको निर्णय स्वागतयोग्य भन्दै स्थानीयले शुक्रबार राति घरघरमा दिपावली समेत गरेका छन्। स्थानीय तेजेन्द्र बुढाले भने, ‘सकारको यो निर्णय स्वागत योग्य छ। यसले गर्दा रुकुम पूर्वका सबैलाई न्याय भएको छ।’ त्यस्तै गोलखारा सदरमुकाम हुनुपर्छ भनेर लागेका नेपाली कांग्रेसका नेता तथा पूर्व संसद केशनरमान रोकाले पनि रुकुमकोट प्रदेश नं. ५ को छेउमा पर्ने भएकाले पनि गोलखारा भुगोलका हिसावले केन्द्रमा पर्ने दावी गर्दै यस स्थानलाई सदरमुकाम कायम गर्नु उपयुक्त भएको बताए। रोकाका अनुसार मगर खामभाषीहरुको बाहुल्य रहेको रुकुम पूर्वको सदरमुकाम मगरहरुको घना बस्ती भएको ठाउँमा हुने भएपछि यसले यहाँका जनताको भावनाको सम्मान गरेको समेत बताएका छन्।

तत्कालिन राजा महेन्द्रले २०१८ सालमा साविक ३६ जिल्लाको संख्यालाई बढाएर ७५ वटा पुर्‍याउदाँ जाजरकोट, सल्यान र रोल्पा जिल्लाको केही भु–भागलाई मिलाएर रुकुमलाई छुट्टै जिल्ला बनाइएको थियो। १८ सालमा जिल्ला स्थापना भएपनि २०१९ सालदेखि रुकुमकोट सदरमुकामको रुपमा कार्यन्वयनमा आएको थियो। तर, १२ बर्षपछि २०३० साल वैशाख १ गते रातारात रुकुमको सदरमुकाम रुकुमकोटबाट हाल रुकुम पश्चिमको सदरमुकाम रहेको स्थान मुसीकोटमा सारिएको थियो। त्यसपछिका ४४ बर्षसम्म रुकुमकोटमा सदरमुकाम फर्काउन यहाँका जनताले धेरै सानाठुला संघर्ष गरे तर, नतिजा भने रुकुमकोटको पक्षमा आउन सकेको थिएन। ४४ बर्ष अघि सदरमुकाम फर्काउने उक्त संघर्षमा धेरैजना घाइते भएका थिए भने धेरैलाई राजद्रोहको मुद्धा लगाएर थुनिएको समेत थियो। साथै त्यही भएको बेला आन्दोलनमा सरकारको गोली लागेर स्थानीय मनबहादुर थापाको ज्यान समेत गएको थियो। तत्कालीन समयमा सदरमुकाम फर्काउने आन्दोलनमा सहभागी भएकै कारण एक बर्ष जेल समेत परेका स्थानीय ७३ वर्षीय तारकबहादुर शाह भन्छन्, ‘४४ बर्षअघि पनि सदरमुकाम सर्दा हामिले ज्यानको बाजी लगाएर संघर्ष गरेका थियौ। अहिले फेरी फर्किएको हाम्रो खुसी लुटिएको छ। हामी जसरी पनि त्यो खुसी फिर्ता गरेरै छाड्छौ।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.