दाहाल भेट्न ओली पुगे खुमलटार

दाहाल भेट्न ओली पुगे खुमलटार

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी अध्यक्षबीच एक्काएक्लै वार्ता बाक्लिएको छ । शुक्रबार एक‍्लाएक‍्लै भेटेका ओली र दाहाल आइतबार बिहान उनीहरु एक्लाएक्लै भेटवार्ता गरेका हुन् ।

यसअघिका समयमा दाहाल ओलीनिवास बालकोट पुग्ने गरेपनि आइतबार बिहान भने ओली दाहाल निवास खुमलटार पुगेका हुन् । भेटघाटका क्रममा प्रदेश  सरकार निर्माणलगायतका विषयमा कुराकानी हुने बताइएको छ । शुक्रबार चितवनबाट फर्केपछि ओली दाहालको भेटघाट बाक्लिदैँ गएको छ ।

यसैबीच पार्टी एकताका लागि बनाइएको कार्यदलको बैठक पनि आजै बस्ने भएको छ । बिहान ११ बजे सिंहदरबारमा कार्यदलको बैठक बस्ने तयारी भएको हो ।

याे पनि पढ्नुहाेस्

एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.