कसले चोर्‍यो ४० अर्ब बराबरको डिजिटल मुद्रा ?

कसले चोर्‍यो ४० अर्ब बराबरको डिजिटल मुद्रा ?

जापानको डिजिटल करेन्सी (भर्चुअल मुद्रा) एक्सचेन्ज कम्पनी क्वाइनचेकमा ह्याकिङको घटना सार्वजनिक भएको छ। क्वाइनचेकबाट करिब ४०० मिलियन अमेरिकी डलर (४० अर्ब ६४ करोड नेपाली रूपैयाँ) बराबरको क्रिप्टोकरेन्सी चोरी भएको ब्लुमबर्गले जनाएको छ।

क्वाइनचेक क्रिप्टोकरेन्सी विनिमय गर्ने जापानका ठूला कम्पनीहरूमध्ये एक हो। ह्‍याकिङको घटनापछि उसले बिटक्‍वाइन बाहेकका क्रिप्टोकरेन्सीको कारोबार बन्द गरेको छ।  

उसले एनईएम नाक भर्चुअल मुद्रा चोरीबाट भएको नोक्सानीको मूल्यांकन गरिरहेको समाचारमा जनाइएको छ। कम्पनीका एक प्रतिनिधिलाई उद्‍धृत गर्दै बीबीसीले भनेको छ, निक्षेपकर्ताहरूको रकम फिर्ता नहुन पनि सक्छ। तर ब्लुमबर्गले भने कम्पनीले सबैको रकम चुक्ता गर्ने बताएको खबर प्रकाशित गरेको छ।

यदि चोरी प्रमाणित भएमा यो डिजिटल मुद्राको सबैभन्दा ठूलो चोरी हुनेछ। टोकियोस्थित अर्को कम्पनी एमटी गक्सले सन् २०१४ मा उसको नेटवर्कबाट ४० करोड अमेरिकी डलर बराबरका मुद्रा चोरी भएको स्वीकार गरेको थियो। यो घटनापछि केही समय डिजिटल मुद्राको विनिमय ठप्प भएको थियो।

इन्टरनेट नेटवर्कमा जोडिएको 'हट वालेट' मा राखिएका मुद्रा चोरी भएको क्वाइनचेकको भनाई छ।

यहाँ अफलाइन नेटवर्क 'कोल्ड वालेट' मा मुद्रा राख्ने गरिन्छ। क्वाइनचेकले चोरी भएको मुद्रा कहाँ पठाइएको छ भन्ने आफूलाई जानकारी आफूसँग रहेको बताएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत युसुके ओतसुकाले चोरी भएको मुद्रालाई सही तरिकाले ट्र्याक गरेमा उक्त रकम फिर्ता ल्याउन सकिने बताउँछन्। चोरीका बारेमा कम्पनीले जापानको प्रहरी र वित्तीय सेवा एजेन्सीलाई जानकारी गराइसकेका छन्।

शुक्रबार नेटवर्कभित्र आक्रमण गरी ह्‍याकरले मुद्रा चोरी गरे पनि ८ घण्टापछिमात्र थाहा भएको कम्पनीले जनाएको छ। यो हमला कहाँबाट भएको थियो र मुद्रा चोरीबाट कूल कति ग्राहक प्रभावित भए भन्ने विषयमा कम्पनीले अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ।

यो घटनापछि दशौँ ठूलो क्रिप्टोकरेन्सी एनईएमको बजार भाउ करिब ११ प्रतिशतले घटेर ८७ अमेरिकी सेन्ट पुगेको ब्लुमबर्गले जनाएको छ। पहिलो नम्बरमा रहेको बिटक्‍वाइनको मूल्यमा ३.४ प्रतिशतले गिरावट आएको छ। सन् २०१२ मा स्थापित यो कम्पनीमा ७१ कर्मचारी कार्यरत छन्।

के हो क्रिप्टोकरेन्सी?

सामान्यतया सरकार वा बैंकले पैसा छाप्छन्। तर डिजिटल मुद्रा भने जटिल कम्प्युटर प्रक्रिया माइनिङमार्फत उत्पादन गरिन्छ। दुई व्यक्तिबीच क्रिप्टोकरेन्सीको कारोबार हुँदा भेरिफिकेसन गर्ने कार्य नै माइनिङ हो। 

यो तपाईँ हामीले दैनन्दिन प्रयोग गर्ने पैसाजस्तो होइन। यसप्रकारको डिजिटल (भर्चुअल) मुद्रालाई क्रिप्टोकरेन्सी भनिन्छ।

संसारभर भइरहेको क्रिप्टोकरेन्सीको कारोबारलाई ब्लकचेन प्रविधिमार्फत नियमन गरिएको हुन्छ। सबै व्यक्तिसँग भएको कारोबारको रेकर्ड ब्लकचेनमा रहन्छ। ब्लकचेनमा भएको क्रिप्टोकरेन्सी कारोबार गर्न खोजेको हो भन्ने पुष्टि गर्ने कार्य माइनिङ हो। 

बिटक्‍वाइनजस्ता १३ सय १८ प्रकारका क्रिप्‍टोकरेन्सी हाल प्रयोगमा रहेको एक वेबसाइटमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.