पराजित उम्मेदवारले बुझाएनन् खर्च विवरण

 पराजित उम्मेदवारले बुझाएनन् खर्च विवरण

सुर्खेत : प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजित उम्मेदवारहरूले आफ्नो खर्च विवरण बुझाउन अटेर गरेका छन्। अधिकांश पराजित उम्मेदवारहरूले हालसम्म खर्च विवरण बुझाएका छैनन्। निर्वाचन आयोगले ताकेता गर्दासमेत उनीहरूले खर्चको हिसाब बुझाउन अटेर गरेका हुन्। निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र सबै उम्मेदवारले आफूले निर्वाचनमा गरेको खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर, निर्वाचन आयोगले खर्च विवरण बुझाउन बारम्बार सूचना जारी गरे पनि जिल्लाका उम्मेदवारहरूले हालसम्म खर्च विवरण बुझाएका छैनन्।

जिल्ला निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नवीन पौडेलले पराजित उम्मेदवारहरूले खर्च विवरण बुझाउन अटेर गरिरहेका बताए। उनका अनुसार जिल्लामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ११ दलबाट ५८ जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये हालसम्म १८ जनाले खर्च विवरण बुझाएका छैनन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका दुई जना उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्। निर्वाचन कार्यालयका अनुसार एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का उम्मेदवार चक्रबहादुर नेपाली र मंगोल नेसनल अर्गनाइजेसनका देवबहादुर पुनले खर्च विवरण बुझाउन अटेर गरिरहेका छन्।

निर्वाचनमा चक्रबहादुरले एक सय ३९ मत ल्याएका थिए भने देवबहादुरले ७२ मत ल्याएका थिए। यस्तै सोही निर्वाचन क्षेत्र प्रदेश ‘क’ बाट उम्मेदवारी दिएका देवीराम चन्दरा र मीनबहादुर बुढाले पनि खर्च विवरण बुझाएका छैनन्। देवीराम राप्रपा र मीनबहादुर मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार हुन्। प्रदेशसभा ‘ख’ बाट संघीय समाज फोरमका उम्मेदवार बनेका दीपलाल दमाई, राप्रपाका मानबहादुर खराल, मंगोल नेसनलका परवीर दमाइले पनि खर्च विवरण बुझाउन अटेर गरिरहेका निर्वाचन कार्यालयले जनाएको छ। यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र नेपाल दलित पार्टीका उम्मेदवारले आयोगको समयसीमाभित्र खर्च विवरण नबुझाएको बताइएको छ।

एकीकृत राप्रपा (राष्ट्रवादी) का उम्मेदवार इन्द्रबहादुर खड्का र नेपाल दलित पार्टीका कालुसिंह नेपाली सम्पर्कमा समेत नआएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन क्षेत्र २ ‘क’ बाट उम्मेदवारी दिएका तीन जना उम्मेदवारहरूले पनि हालसम्म खर्च विवरण बुझाएका छैनन्। राप्रपा (प्रजातान्त्रिक) बाट प्रदेशसभामा उम्मेदवारी दिएकी राधिका थापा, संघीय फोरमबाट उम्मेदवारी दिएका पञ्चसिंह रोकाया र नेपाल दलित पार्टीका उम्मेदवार रेशम सुनच्युरीले खर्च विवरण बुझाएका छैनन्। राप्रपा (प्रजातान्त्रिक) बाट उम्मेदवारी दिएका कर्णबहादुर रेगामी मगर, राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएका लक्ष्मीबहादुर सुनार, नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिएका निरकबहादुर तारमी, राप्रपाका लक्ष्मीबहादुर बयक क्षत्री र देशभक्त जनगणतान्त्रिक मोर्चाका गणेशबहादुर शाहीले खर्च विवरण बुझाउन आनाकानी गरेको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।

निर्वाचन कार्यालयका निर्वाचन अधिकारी सुनिता थापाले समयमै खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई पत्र काटिएको बताइन्। उनले पत्र काट्दा पनि खर्च विवरण नबुझाए १५ हजार जरिवाना हुने जानकारी दिइन्। दलहरूले निर्वाचनमा गरेको खर्चलाई पारदर्शी बनाउन निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक गर्न भने पनि अधिकांश उम्मेदवारहरूले वास्ता गरेका छैनन्। उनले दलहरूले आयोगको निर्देशन लत्याउँदै खर्च विवरण बुझाउन अटेर गरिरहेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.