प्रदेश ६ को पहिलो संसद बैठक माघ २१ गते

प्रदेश ६ को पहिलो संसद बैठक माघ २१ गते

सुर्खेत : प्रदेश नम्बर ६ मा प्रदेश सभाको बैठक माघ २१ गते बस्ने भएको छ । प्रदेश सभाको पहिलो बैठक माघ २१ गते दिउँसो १ बजे बोलाइएको हो । प्रदेश प्रमुखको कार्यालयले स्थानीय दलहरुसँग छलफल गरेर आइतबार पहिलो बैठकको मिति तय गरेको हो ।

पहिलो बैठकको अध्यक्षतामा जेष्ठ सदस्य हिमबहादुर शाहीले गर्नेछन् । बैठकको मिति तय भएसँगै संसद बैठक बस्ने क्षेत्रीय सिचाईं विकास डिभिजनको हलमा आवश्यक सजावटको काम सुरु भएको हो । बैठक स्थलमा फर्निचरको व्यवस्थापन, रंगरोगन र अन्य सजावटका काम सुरु गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयका सचिव भरत ढुंगानाले बैठक बोलाइएको र आवश्यक तयारी सुरु भएको जानकारी दिए । यसअघि जिल्ला समन्वय समितिको हलमा बैठक बसाल्ने तयारी गरिएको थियो । तर सिचाईं डिभिजनको हल नै उपयुक्त भएको सांसदहरुले सुझाव दिएपछि उक्त हललाई छनोट गरिएको हो।

प्रदेश संसदका लागि प्रस्ताव गरिएको शैक्षिक तालिम केन्द्रको भवनमा मर्मत हुन समय लाग्ने भएकाले अस्थायी रुपमा सिचाईंको हलमा संसद बैठक बस्नेछ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.