प्रदेश २ बाट राष्ट्रियसभामा सबै आठजना निर्विरोध

प्रदेश २ बाट राष्ट्रियसभामा सबै आठजना निर्विरोध

जनकपुरधाम: यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नम्बर २ बाट ८ जना उम्मेवार निर्विरोध चयन भएका छन् ।

माघ १० गते भएको मनोनयन दर्ताको क्रममा राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नम्बर २ बाट ८ पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये ४ जना यसअघि नै विजयी भइसकेका छन् ।

खुल्लामा मात्रै प्रतिस्पर्धा रहेको प्रदेश दुईको राष्ट्रिय सभा सदस्य पदमा संघीय समाजवादी पार्टीका उम्मेदवार मोहम्मद अख्तर हुसैनले आइतबार उम्मेदवारी फिर्ता लिएपछि सबैजना निर्विरोध भएका हुन् ।

खुल्लामा राजपाबाट रमेश प्रसाद यादव, नेपाली कांग्रेसबाट जितेन्द्र नारायण देव, नेकपा एमालेबाट सुमनराज प्याकुरेलले र संघीय समाजवादी पार्टीबाट मोहम्मद अख्तर हुसैन प्रतिस्पर्धामा थिए ।

यसअघि राजपाबाट अल्पसंख्यक कोटामा वृषेशचन्द्र लाल, नेपाली कांग्रेसकी मुक्ता यादव महिलाकोटामा, महिला कोटाबाटै माओवादी केन्द्रकी शशिकला दाहाल र संघीय समाजवादी फोरम नेपालबाट दलित कोटामा रामप्रित पासवान निर्विरोध निर्वा्चित भएका थिए ।

यद्यपि उनीहरु निर्वाचित भइसकेको औपचारिक घोषणा भने माघ २४ गतेको साँझ मात्रै गरिने प्रदेश नम्बर २ का मुख्य निर्वाचन राधाकृष्ण उप्रेतीले जानकारी दिएका छन् । ८ जना राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेश नम्बर २मा ३ सय ७९ जना मतदाता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.