आईपीएल: खर्बपति ब्यापारीका छोरा बिके ३० लाखमा
एजेन्सी: इन्डियन प्रिमियर लीग (आईपीएल) को ११ औँ सिजनको लिलामीको दोस्रो दिन पनि पहिलो दिनकै जस्तो रोचक रह्ययो
दोस्रो दिन फ्रेन्चाइजिज टिमहरुले खेलाडीको साख र भाग्य दुवैमाथि बाजी लगाएका हुन् । पहिलो दिनको लिलामीबाट निराश केही खेलाडीलाई पनि दोस्रो दिन राहत मिलेको छ।
अर्कातिर अन्य कयौँ खेलाडीलाई दोस्रो दिन पनि निराशा मात्रै हात लाग्यो । त्यसैगरी नेपालका सन्दीप लामिछानेसहित केही नयाँ खेलाडीलाई पनि फ्रेन्चाइजिज क्लबले किनेका छन् ।
पढ्नुस्: सन्दीप लामिछानेले आईपीएल खेल्ने, दिल्लीले २० लाखमा किन्यो
एकातिर अटो रिक्सा चालकका छोरा मोहम्मद सिराजलाई रोयल च्यालेन्जर्स बैंगलोरले ६० लाख भारतीय रुपैयाँमा किन्यो भने अर्कातिर भारतका शीर्ष उद्योगतिमध्ये एक कुमार मङ्गलम बिडलाका छोरा आर्यमन बिडलालाई पहिलो दिन कसैले किन्न चासो दिएनन् । तर दोस्रो दिनको लिलामीमा उनलाई राजस्थान रोयल्सले ३० लाख भारतीय रुपैयाँमा किनेको छ ।
पढ्नुस्: पहिलो दिन रोजाइमा नपरेका क्रिस गेल दोस्रो चरणमा दुर्इ कराेडमा बिके
खर्बपति बाबुका छोरा आर्यमनले अघिल्लो साल मध्य प्रदेशका लागि पहिलो रणजी ट्रफी म्याच खेलेर आफ्नो प्रथम श्रेणीको करिअरको सुरुवात गरेका थिए ।
पढ्नुस्: आईपीएल अक्सन: बेन स्टोक्स १२ करोड रुपैयाँमा बिके
पढ्नुस्: आईपीएल खेल्ने पहिलो नेपाली: यस्तो छ सन्दीपको खेल यात्रा