सन्दीप लामिछानेलाई बाबुराम भट्टराईको बधाई
काठमाडौं : नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले युवा क्रिकेटर सन्दीप लामिछानेलाई बधाई दिएका छन्। इण्डियन प्रिमियर लिग (आईपीएल)मा नेपालबाट पहिलो पटक छनोट भएकोमा क्रिकेटर सन्दीपलाई भट्टराईले बधाई दिएका हुन्।
आइतबार दिल्ली डेयरडेभिल्सले सन्दीपलाई २० लाख भारुमा किनेपछि सन्दीपले आईपीएल खेल्ने निश्चित भएको हो। लामिछानेले आईपिएल खेल्न पाउनु समग्र नेपाली क्रिकेट जगतका लागि खुशीको कुरा भएको भट्टराईले बताएका छन्।
आइतबार साँझ बाबुरामले ट्विटरमार्फत् सन्दीपलाई बधाई दिएका हुन् । ‘नेपालबाट पहिलोपल्ट प्रतिष्ठित आईपीएल खेल्न छनोट भएका १७ वर्षीय सन्दीप लामिछानेलाई हार्दिक बधाई’, बाबुरामले ट्विटरमा भनेका छन्, ‘उनको यो यात्रा समग्र नेपाली क्रिकेट जगतको लागि खुशीको कुरा हो। आगामी दिनमा पनि नेपाली क्रिकेटका प्रशंसकहरुले यस्तै खुशीको खबर सुन्ने थपा अवसर पाउन्।’
नेपालबाट पहिलोपल्ट प्रतिष्ठित आइपिएल खेल्न छनौट भएका १७ वर्षीय सन्दिप लामिछानेलाई (@IamSandeep25 ) हार्दिक बधाई । उनको यस यात्रा समग्र नेपाली क्रिकेट जगतको लागि खुशीको कुरा हो । आगामी दिनमा पनि नेपाली क्रिकेटका प्रशंसकहरूले यस्तै खुशीको खबरहरू सुन्ने थप अवसरहरू पाउन् । pic.twitter.com/RS88Unsn6h
— Baburam Bhattarai (@brb1954) January 28, 2018