प्रचण्ड भन्छन्- 'एकथरी मान्छे राजनीतिक अराजकता मच्चाउन खोज्दैछन्'

प्रचण्ड भन्छन्- 'एकथरी मान्छे राजनीतिक अराजकता मच्चाउन खोज्दैछन्'

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक अस्थिरता र आर्थिक अराजकता मच्चाउने शक्ति सक्रिय रहेको बताएका छन्। माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रचण्डले त्यस्तो शक्तिलाई परास्थ गर्न वाम गठबन्धन बनेको दावी गरे।  

'अहिले पनि एकथरी मान्छेहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी प्रणाली रुचाएका छैनन्', उनले भने, 'उनीहरू कहीँ न कहीँ देशमा राजनीतिक अस्थिरता र अराजकता बढिरहोस्, पार्टीहरूमा विभाजन आइरहोस् र देश आर्थिक विकासतिर होइन आर्थिक अराजकतातिर जाओस् भन्ने चाहन्छन्।' उनले अस्थिरता मच्चाउन खोज्ने शक्ति कुन हो भन्ने भने प्रष्ट भनेनन्।  

मुलुक अब राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धितिर जाने दावी गर्दै उनले त्यसैका लागि वाम गठबन्धन बनाइएको बताए। 'देशलाई यो भन्दा बढी अस्थिर बनाउनु हुँदैन भनेर वाम एकताको पहल गरिएको हो', उनले भने, 'भर्खरै सम्पन्न निर्वाचनमार्फत जनताले यसलाई अनुमोदन गरिसके।'  

जनमत निर्माणमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै प्रचण्डले मिडिया क्षेत्रको विकास भए पनि गुणस्तर बढ्न नसकेको बताए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.