सुरु भयाे मुख्यमन्त्रीको चर्चा 

सुरु भयाे मुख्यमन्त्रीको चर्चा 

धनगढी : प्रदेश ७ को राजधानी धनगढी तोकिएसँगै मुख्यमन्त्री पहाडमा जाने सम्भावना बढेको छ। दिपायलमा लामो समयको आन्दोलन हुँदाहुँदै पनि राजधानी धनगढी तोकिएको थियो। अहिले दिपायलको आन्दोलन मत्थर भएको छ। पहाडको भावना समेट्नकै लागि पनि मुख्यमन्त्री त्यता जाने सम्भावना देखिएको हो।

आइतबार एमाले र माओवादी केन्द्रको वामपन्थी कार्यदलले प्रदेश ७ को मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने निर्णय गरेसँगै प्रदेश ७ मा मुख्यमन्त्रीको अडकल काट्न थालिएको हो। दुवै पार्टीका नेता सम्मिलित कार्यदलको आइतबार बसेको बैठकले प्रदेश ७ को मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने औपचारिक निर्णय गरेको छ। प्रदेश ७ को सभामुख पद भने एमालेको भागमा परेको छ।

प्रदेश ७ मा माओवादी केन्द्रका नेता वीरमान चौधरी र झपट बोहराको नाम चर्चामा आए पनि दुवैजना मुख्यमन्त्रीबाट ‘आउट’ हुने सम्भावना बढेको छ। यद्यपि बोहरा अछाम (पहाड)बाट निर्वाचित हुन्। ‘बोहरा अछामबाट निर्वाचित भए पनि उनको स्थायी बसोवास धनगढीमा छ। व्यापारव्यवसाय धनगढीमा भएकाले पनि उनलाई तराईको भन्न थालिएको छ’, एक माओवादी नेताले भने।

वामपन्थी कार्यदलले मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने निर्णय गरेसँगै विभिन्न अडकलबाजी सुरु भएका छन्।

माओवादी केन्द्रभित्र केही दिनदेखि राजधानी तराईमा भएकाले पहाडलाई मुख्यमन्त्री दिनुपर्ने आवाज उठेपछि दुवै जना मुख्यमन्त्रीको दौडबाट ‘आउट’ हुने सम्भावना बढेको हो। वीरमान चौधरी तत्कालीन माओवादीको २०५२ साल देखिकै सदस्य हुन्। उनले पार्टीका विभिन्न मोर्चामा रहेर काम गरिसकेका छन्।

तर बोहरा भने शान्ति प्रक्रियापछि माओवादी प्रवेश गरेका हुन्। उनी अहिले माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति सदस्य छन्। चौधरी पार्टीका पोलिटब्युरो सदस्य हुन्। ‘पार्टीमा सिनियरका हिसाबले तराईबाट वीरमान मुख्यमन्त्रीका प्रबल दाबेदार हुन् भने बोहरा शैक्षिक हिसाबले अगाडि मानिन्छन्, तर बोहराको पार्टीको सिनियारिटी पुग्दैन’, एक माओवादी नेताले भने।

पार्टीले जातीय र क्षेत्रीयभन्दा पनि क्षमताका हिसाबले मुख्यमन्त्री छान्ने मुख्यमन्त्रीका दाबेदार बोहराले बताए। यद्यपि माओवादी केन्द्रका नेता मुख्यमन्त्रीका लागि अहिलेसम्म आधिकारिक रूपमा केही बोलेका छैनन्। यसबारे अहिले केही निर्णय नभएको र पार्टीको स्थायी कमिटीले नै संसदीय दलको नेता छान्ने माओवादीका स्थायी कमिटी सदस्य तथा प्रदेश ७ का इन्चार्ज लेखराज भट्टको भनाइ छ।

‘अहिले केही भन्न सकिने अवस्था छैन, सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल कैलाली आउने कार्यक्रम छ, त्यसपछि भेट हुन्छ र यसबारेमा छलफल हुन्छ’, उनले भने। तर भट्टले पार्टीभित्र तराईमा राजधानी भएकाले मुख्यमन्त्री पहाडको हुनुपर्ने आवाज सुनिन थालिएको स्विकारे।

कैलालीबाट चौधरी र अछामबाट बोहरा ‘रिङ आउट’ भएमा त्यसपछिका सम्भावित मुख्यमन्त्रीका दाबेदार डोटीबाट त्रिलोचन भट्ट र दार्चुलाबाट मानसिंह धामीलाई लिइएको छ।

डोटीबाट त्रिलोचन ०४७ सालदेखि एकता केन्द्र हुँदै माओवादीमा लागेका नेता हुन्। उनी अहिले डोटीका इन्चार्ज र पार्टीका पोलिटब्युरो सदस्य छन्। राजधानी तराई तोकिएर मुख्यमन्त्री पहाडको दिनुपर्ने कुरा चलेपछि उनलाई भने त्यो विषय छुट्टै लागेको छ। ‘म त्यसको विरोधी हुँ, म डोटीलाई पहिलादेखि नै क्षेत्रीय सदरमुकाम सबैले स्वीकार गरिरहेकाले त्यहाँ अस्थायी राजधानी हुनुपर्छ भनेर आन्दोलनमा पनि सहभागी भएँ’, उनले भने, ‘त्यसैले तराई र पहाडको कुनै कुरै छैन।’

दार्चुलाबाट मानबहादुर धामी पनि पार्टीमा विभिन्न जिम्मेवारी सम्हालेका नेता हुन्। उनी जनयुद्धका बेला तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड कमान्डर हुन्। उनी पनि मुख्यमन्त्रीको दाबेदार हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.