बादललाई राष्ट्रिय सभामा लैजान बेदुराम ‘आउट’

बादललाई राष्ट्रिय सभामा लैजान बेदुराम ‘आउट’

काठमाडौँः राष्ट्रिय सभामा प्रदेश नम्बर ३ का माओवादी केन्द्रका उम्मेदवार रामबहादुर थापा बादल असुरक्षित बनेपछि एमाले उम्मेदवार बेदुराम भुसालले पछि हट्नुपर्ने भएको छ ।

प्रदेश ३ बाट खुलाबाट ३ जनाको कोट रहेको अवस्थामा चारजनाको उम्मेदवारी परेपछि बादलका लागि वाम गठबन्धनले एमाले नेता बेदुराम भुसालको उम्मेदवारी फिर्ता गराउने सहमति गरेको हो ।

सोमबार बिहान सिंहदरबारमा बसेको वाम गठबन्धनको बैठकमा एमाले नेता माधवकुमार नेपाललाई मनाएर बादललाई राष्ट्रिय सभामा पठाउन बेदुरामको उम्मेदवारी फिर्ता गराउन लागिएको हो ।

राष्ट्रिय सभाका लागि एमालेले वामदेव गौतमनिकट बलराम बास्कोटा र माधव नेपालनिकट बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ । यही तीनवटा कोटामा माओवादी केन्द्रबाट रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् ।

अर्कातिर विवेकशील–साझा पार्टीसहितको समर्थनमा कांग्रेसबाट राधेश्याम अधिकारी पनि चुनावी मैदानमा छन् । साना दलले समर्थन गरेकाले वामले २ जना मात्रै जित्ने पक्का पक्की छ । यो अवस्थामा वामबाटै तीनजना उम्मेदवार भएपछि बादललाई बचाउन बेदुरामले पछि हट्नुपर्ने भएको हो ।

बादलले भनेः म नै हट्छु

वाम गठबन्धनको बैठकमा माओवादी नेता बादलले कुरा नमिल्ने हो भने आफैँले उम्मेदवारी फिर्ता लिने बताएपछि नेताहरु झस्किएका थिए । ‘तपाईँहरुलाई समस्या हुन्छ भने म नै उम्मेदवारी फिर्ता लिन्छु’, बैठकमा बादलको भनाई उधृत गर्दै एक नेताले भने, ‘मेरा कारण समस्या नहोस् भन्ने चाहना हो । म वाम गठबन्धनलाई अफ्ठेरो पार्दिनँ ।’

बादलले यसो भनेपछि वाम गठबन्धनका दुई नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउने कोशिश गरेका थिए । वाम गठबन्धनबाट तीनजना उम्मेदवार बनेकाले एमालेबाट अन्तर्घात हुँदा बादल हार्ने देखेपछि माओवादी अध्यक्ष प्रचण्डले सोमबारको बैठकका लागि ओलीलाई आग्रह गरेका थिए । जहाँ दुवै नेताले बेदुरामलाई फिर्ता गर्न नेता नेपाललाई मनाएको स्रोतले जनाएको छ ।

राष्ट्रिय सभाको उम्मेदवारी प्राथमिकता क्रममा पहिलो नम्बरमा वामदेवनिकट एमाले नेता बासकोटा छन् भने दोस्रोमा बादल । तर एमालेबाट नेपालपक्षले बेदुरामलाई पहिलो प्राथमिकताको मत हाल्ने बुझेपछि माओवादीले बेदुरामको उम्मेदवारी फिर्ता लिएर बादललाई सुरक्षित गर्नुपर्ने अडान राखेको थियो ।

वाम गठबन्धनका तीनै नेताले जित्नका लागि नेपाल मजदुर किसान पार्टीसहितका साना दलले सघाउनुपर्ने हुन्छ । तर, विवेकशील–साझासहितले कांग्रेसका राधेश्याम अधिकारीलाई सघाएका छन् । स्रोतका अनुसार नेमकिपासहितका साना दलले वामको पक्षमा मत नहाल्ने जनाउ दिएकाले आजै २ बजेसम्ममा बेदुरामको उम्मेदवारी फिर्ता हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.