हालसम्म तोड्न नसकेका क्रिस गेलका आईपीएल रेकर्ड
काठमाडौं : संसारका क्रिकेटप्रेमीका लागि एक रोमाञ्चक र हेर्न लायक खेल मध्येमा लिइन्छ इन्डियन प्रिमियर लिग (आईपीएल)लाई । यहाँ विश्वभरि(पाकिस्तान बाहेक)का उत्कृष्ट क्रिकेट खेलाडीको सहभागिता रहन्छ । सन २००८ देखि सुरु भएको आईपीएलको ११ औं यसपाली हुँदैछ । ११ औ संस्मरणमा पहिलो पटक नेपालकातर्फबाट सन्दीप लामिछाने खेल्ने भएपछि नेपालका खेलप्रेमीलाई पनि थप चासोको विषय बनेको छ ।
एक समय आर्इपीएलमा सबैभन्दा बढी चर्चामा रहेका वेस्टिइन्डिजका आक्रामक व्याट्म्यान क्रिस्टोफर हेनरी गेल(क्रिस गेल) यसपाली बल्ल-तल्ल छनोटमा परेका छन् । अक्सनमा कसैले लिन रुचि नदेखाएका गेललाई उनको बेसिक मूल्य २ कराेड रुपैयाँमा प्रिति जिन्टाको टिम किंग्स ११ पञ्जाबले भित्र्याएको छ । २००८ देखि २०१० सम्म कोलकत्ता नाइट राइडरबाट खेलेका उनले २०११ देखि रोयल च्यालेन्जर्स बैंगलुरुबाट खेल्दै आएका थिए ।
जमैकाका नागरिक रहेका गेलले अन्तराष्ट्रिय क्रिकेटको टेस्ट, एक दिवसीय र टी–ट्वीन्टी म्याचमा थुप्रै रेकर्ड बनाएका छन् । आईपीएलमा पनि उनका थुप्रै रेकर्ड छन् ।
२००८ देखि नै आईपीएलमा खेल्न थालेका क्रिस गेलका हालसम्मका आईपीएलका मुख्य ५ रेकर्ड यस्ता छन्
१.एउटै खेलमा सबैभन्दा बढी रन बनाउने
१७५ रन (६६ बलमा) : २०१३ मा आरसीबीबाट पुने वारियर्सविरुद्ध
२.सबैभन्दा छिटो शतक प्रहार गर्ने
३० बलमा शतक : २०१३ मा आरसीबीबाट पुने वारियर्सविरुद्ध
३.हालसम्म सबैभन्दा धेरै छक्का प्रहार गर्ने
२६५ छक्का : २००८ देखि २०१७ सम्म
४.एउटै खेलमा सबैभन्दा बढी छक्का र चौका प्रहार गर्ने
१३ चौका १७ छक्का : २०१३ मा आरसीबीबाट पुने वारियर्सविरुद्ध
५.सबैभन्दा धेरै शतक प्रहार गर्ने
५ शतक : २००८ देखि २०१७ सम्म