विराट कोहलीले लिए शाहरुख खानसँग बदला

विराट कोहलीले लिए शाहरुख खानसँग बदला

एजेन्सी: इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ का लागि भएको खेलाडी लिलामीका क्रममा सबै टिम अलग अलग रणनीति बनाएर प्रस्तुत भएका थिए । तर यिनमा विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेङ्गलोरले लिलामीमा आफूलाई छुट्टै रणनीतिसहित उतार्‍यो ।

उसले यस रणनीति अनुसार 'डन' शाहरुख खानबाट उनका चारजना बलरलाई खोस्न सफल भएको छ । जसले गत साल आरसीबीलाई ठुलो चोट दिएका थिए ।

तर यो पटक विराट कोहलीले आफ्नो खास अन्दाजमा 'डन'बाट कम्तिमा पनि आधा हिसाब असुलेका छन् । तर आधा हिसाब भने आईपीएल सुरु भएपछि मात्रै आरसीबीले चुकाउन सक्नेछ ।

पढ्नुस्: सन्दीपको छलाङ

 वास्तवमा गत साल शाहरुखको कोलकाता नाइट राइडर्सले दिएको चोट यति ठुलो थियो कि कप्तान विराट कोहली नराम्ररी तिलमिलाएका थिए ।

उनले त्यहीबेलै कोलकातासँग चोटको बदला लिने योजना बनाइसकेका थिए । कोलकातासँग विराटले आईपीएल २०१८ को लिलामीका दिन शाहरुखसँग बदला लिन सफल भएका हुन् । दक्षिण अफ्रिकामा रहेका विराटको इशारामा रोयल च्यालेन्जर्स व्यवस्थापनले एक-एक गरेर केकेआरका ती सबै बलरलाई खोस्न सफल भए जसले अघिल्लो साल २३ अप्रिलमा 'ठुलो चोट' दिएका थिए ।

पढ्नुस्: आईपीएल: खर्बपति ब्यापारीका छोरा बिके ३० लाखमा

 समाचार अनुसार कोलकाताबाट आरसीबीले खोसेका चारै बलरहरुमा भारतीय खेलाडी उमेश यादवसहित रहेका छन् । जसमा भारतीय टिमका उमेश यादव, अस्ट्रेलियाका नाथन काउल्टर नाइल, इङ्ग्ल्यान्डका क्रिस्टोफर रोजर भोक्स र न्युजील्यान्डका ३१ वर्षीय कोलिन डि ग्र्याधहोमी रहेका छन् ।

यी चारै बलरहरु अघिल्लो साल केकेआरको फाइनल-११ का खेलाडी थिए । उनीहरु यो वर्ष बेङ्गलोरसँग आवद्ध भएका छन् । यिनै चारजनाले विराट कोहली तथा आरसिबीलाई गत वर्ष झट्का दिएका थिए ।

पढ्नुस्: यात्रा अब सुरु हुन्छ : सन्दीप लामिछाने

 अघिल्लो संस्करणको आईपीएलको २७ औँ खेलमा मा यिनै चार बलरले मिलेर आरसीबीलाई केबल ४९ रनमा समेटिदिएका थिए । जुन स्कोर १० वर्षयता जारी आईपीएलकै सबैभन्दा कम थियो ।

यही सबैभन्दा कम स्कोरपछि विराटले कोलकाताका खेलाडी तान्ने निर्णय गरिसकेका थिए । अहिले उनले ती चारै बलरलाई केकेआरबाट खोसेर बदला लिएका हुन् । यो सफलताबाट कोहली खुशी त होलान् तर उनको बदला तब मात्रै पुरा हुन्छ जब आरसीबीले केकेआरलाई ४९ भन्दा कम रन स्कोरमा समेटछ् ।

पढ्नुस्: सन्दीपका कप्तान गौतम गम्भीर, प्रशिक्षक रिकी पोन्टिङ

 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.