'एमाले-माओवादी केन्द्र एकतामा ७०/३० को भागवण्डा'

'एमाले-माओवादी केन्द्र एकतामा ७०/३० को भागवण्डा'

चितवन: नेकपा एमालेका स्थायी समिति सदस्य तथा पार्टी एकीकरण संयोजन समितिका सदस्य सुरेन्द्र पाण्डेले पार्टी एकीकरण भन्दा अघि सरकार गठन हुने बताएका छन् ।

सोमबार भरतपुरमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले सरकार गठनअघि पार्टी एकिकरण सम्भव नरहेको बताएका हुन् ।

पुर्व अर्थमन्त्री समेत रहेका पाण्डेले सरकार गठनलगत्तै पार्टी एकीकरण हुने दाबी गरे । दुई पार्टीबीच अहिलेसम्म विमति नरहेको भन्दै पाण्डेले पार्टी एकीकरण पनि सहजै जिकिर गरे ।

पार्टी एकीरणमा सहमती भइसके पनि दुई पार्टीको प्रकृयागत र संवैधानिक कुराले ढिलो हुनसक्ने पाण्डेले बताए । राष्ट्रिय सभाको निर्वाचनपछि पार्टी एकीकरण र केन्द्रीय सरकार निर्माणमा केन्द्रित हुने उनले बताए ।

प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा ६०/४० को भागवण्डा भएपनि चुनावी परिणम अनुसार प्रदेशमा ७०/३० को भागवण्डा गरिएको पाण्डेले उल्लेख गरे । 'राष्ट्रिय सभा र प्रदेशको सिट बाँडफाँट ७०/३० प्रतिशतको आधारमा गरिएको छ', उनले भने, 'पार्टी एकीकरण ७०/३० कै अनुपातमा हुनेछ ।' दुई पार्टीको एकताका लागि अन्य आधार पनि बनाइसकिएको उनले प्रष्ट पारे ।

प्रदेशको मन्त्री र सभामुख स्थायी कमिटिले तोक्ने अथवा संसदमा निर्वाचन गरेर टुंग्याइने उनेले बताए । 'अहिलेसम्म व्यक्तिको टुंगो लागेको छैन', उनले भने, 'प्रदेशका मन्त्री र संसदीय समितिको प्रमुख दुई पार्टीको संसदीय दलको नेता र मुख्यमन्त्रीले टुंगो लगाउँछन् ।'

अर्को प्रसंगमा पाण्डेले निर्वाचनमा हारिसकेको कांग्रेस नेतृत्वको सरकारले दुरगामी प्रभाव पार्ने निर्णय गर्नु लोकतान्त्रिक पद्धतीविपरित भएको बताए । काम चलाउ सरकारले पहिलो पटक यस्तो काम गरेको पनि दाबी गरे ।

'लोकतन्त्रमा पराजितहरुले गरेका कामले गम्भीर दुष्परिणाम ल्याउँछ', चेतावनी दिँदै पाण्डेले भने । प्रदेश राजधानी नपाए पनि चितवनलाई देशकै नमुना र आर्थिक केन्द्र बनाउने उनले प्रष्ट पारे ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.