प्रदेश ५ बाट राष्ट्रिय सभामा तीनजना निर्विरोध

प्रदेश ५ बाट राष्ट्रिय सभामा तीनजना निर्विरोध

घोराही: प्रदेश नं ५ बाट राष्ट्रिय सभा सदस्यमा तीनजना निर्विरोध निर्वाचित भएका छन् । ५ नम्बर प्रदेश राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयले प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा ३ महिला उम्मेद्वार निर्विरोध निर्वाचित भएको जनाएको छ ।

निर्वाचन अधिकृत हेमन्त रावलले एमालेका तर्फबाट उम्मेद्वारी दिएका कोमल वली र मिना बुढा तथा नेपाली कांग्रेस उम्मेद्वार अनिता देवकोटाको नाममा कसैको दाबी विरोध नपरेपछि निर्विरोध भएका हुन् । तीन महिला सदस्यका लागि तीनजनाको मात्रै उम्मेद्वारी परेकाले उनीहरु निर्विरोध भएका हुन् ।

घोषणा कार्यक्रममा निर्वाचन कार्यालय परिसरमा रहेकी कांग्रेस नेतृ अनिता देवकोटालाई निर्बाचन अधिकृत हेमन्त रावलले अबिर, टीका र खादा समेत लगाइ दिएका थिए ।

निर्विरोध निर्वाचित हुने राष्ट्रिय सभा सदस्य कोमल वली एमालेमा प्रतिनिधि सभाको निर्वाचनको समयमा राप्रपा त्यागेर प्रवेश गरेकी थिइन् । उनी रेडियो नेपालबाट राजीनामा दिएर सक्रिय राजनीति गर्ने भन्दै राप्रपाको केन्द्रीय सदस्य समेत बनेकी थिइन् ।

त्यस्तै कांग्रेसबाट राष्ट्रिय सभा सदस्यमा निर्विरोध अनिता देवकोटा निवर्तमान सांसद हुन् । यसअघि उनी समानुपातिकबाट सासद भएकी थिइन् ।

बाँकी रहेका ५ सदस्यका लागि ८ जनाको उम्मेद्वारी परेकाले निर्वाचन माघ २४ गते हुनेछ । उनीहरु सबै पार्टीका उम्मेद्वार भएकाले पार्टीकै चुनाब चिन्न प्रदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

५ नं प्रदेशमा ३ सय ५ मतदाता रहेका छन् । मत भार ८१ सय रहेको छ । प्रदेशमा १२ जिल्लाका १ सय ९ स्थानीय तह र ८७ जना प्रदेश सभा सदस्यहरु रहेका छन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.