राष्ट्रियसभा: २४ निर्विरोध, बाँकी ३२ सिटमा ५२ प्रतिस्पर्धी

राष्ट्रियसभा: २४ निर्विरोध, बाँकी ३२ सिटमा ५२ प्रतिस्पर्धी

काठमाडौँ: राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार नेकपा एमालेका नौ, नेपाली कांग्रेसका आठ, नेकपा माओवादी केन्द्र का तीन र संघीय समाजवादी फोरम नेपाल राष्ट्रिय जनता पार्टी नेपालका दुई दुई उम्मेदवार निर्विरोध भएका हुन् ।

३२ सिटका लागि ५२ जनाले आगामी २४ गते बुधबार हुने चुनावी प्रतिस्पर्धामा सहभागी हुने भएका छन् । गत १० गते उम्मेदवारी दर्ता हुँदा ५६ सिटका लागि ८३ जनाले उम्मेदवारी दर्ता गरेका थिए । जसमा ७ जनाले उम्मेदवारी फर्ता लिएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ८२ मध्ये २४ जना निर्विरोध भएपछि बाँकी ५२ जना ३२ पदका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

निर्विरोध हुने एमाले उम्मेदवारमा परशुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, नैनकला ओझा, सुमनराज प्याकुरेल, कोमल ओली, मीना बुढा, शेरबहादुर कुँवर, इन्दु कडरिया र कमलाकुमारी ओली छन् ।

त्यस्तै कांग्रेसका तर्फबाट उम्मेदवार भएकामध्ये रमेशजंग रायमाझी, सरिता प्रसाईं, जीतेन्द्रनारायण देव, मुक्ताकुमारी यादव, प्रकाश पन्थी, अनिता देवकोटा, बद्री पाण्डे र तारादेवी भट्ट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

आयोगका अनुसार माओवादी केन्द्रका तर्फबाट वीना पोखरेल, शशीकला दाहाल र हरिराम चौधरी निर्विरोध भएका छन् । फोरमका रामपुत पासवान र प्रमिला कुमारी तथा राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

कहाँबाट को निर्वाचित

प्रदेश नम्बर १

यहाँ महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निविरोध निर्वाचित भएका छन् । प्रदेश नं. १मा निर्विरोध निर्वाचित हुनेमा नेपाली कांग्रेसका रमेशजंग रायमाझी, एमालेका परशुराम मेधी गुरुङ र हरिचरण शिवाकोटी, महिलातर्फ कांग्रेसका सरिता प्रशाई, एमालेका नैनकला ओझा र माओवादी केन्द्रका बीना पोखरेल रहेका छन् । प्रदेश नम्बर २ मा ८ वटै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नम्बर २

नेपाली कांग्रेसका जितेन्द्र देव, एमालेका सुमनराज प्याकुरेल र राजपाका रमेशप्रसाद यादव, महिलाबाट कांग्रेसकी मुक्ताकुमारी यादव, फोरमकी प्रमिला कुरमारी र माओवादीकी शशीकला दाहाल, अल्पसंख्यकबाट राजपाका वृषेशचन्द्र लाल र दलित कोटाबाट फोरमका रामप्रित पासवान निर्विरोध भइसकेका छन् । प्रदेस नं. २मा आँठै पदमा निर्विरोध निर्वाचि भएभने, ६ नं. प्रदेशमा एकजना पनि निर्विरोध निर्वाचित भएनन् ।

प्रदेश नम्बर ३

यहाँ ८ वटै पदमा मतदान हुने भएको छ । १७ जनाले उम्मेदवारी दिएकोमा तीन जनाले उम्मेदवारी फिर्ता लिए । फिर्ता लिनेमा एमालेका वेदुराम भुषाल, माओवादीका गंगापराजुली र राप्रपाका लक्ष्मी रुचाल रहेका छन् ।

प्रदेश नम्बर ४

१४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अन्य पदमा निर्वाचन हुने भएको छ । नेपाली कांग्रेसका प्रकाश पन्थ निर्विरोध निर्वाचित भएका छन् भने सात पदमा चुनाव हुने भएको छ।

प्रदेश नम्बर ५

प्रदेश नम्बर ५ मा महिला ३ पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसक्नु भएकाले अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा ५ पदमा निर्वाचन हुने भएको छ । निर्विरोध निर्वाचित हुनेमा कांग्रेसकी अनिता देवकोटा, एमालेकी कोमल ओली र एमालेकै मिना बुढा रहेका छन् ।

प्रदेश नम्बर ६ र ७

प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन हुँदैछ । यहाँ एकजना पनि निर्विरोध भएनन् । प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ पदमा उम्मेदवारहरू निर्विरोध भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसंख्यक १ गरी जम्मा २ पदमा निर्वाचन हुने भएको छ ।

निर्विरोध निर्वाचित हुनेमा महिला तर्फ कांग्रेसकी तारादेवी भट्ट, एमालेकी इन्दुकेडरिया र एमालेकै कमला कुमारी ओली रहेकी छन् । अन्यमा कांगेसका बन्द्री पाण्डे, एमालेका शेरबहादुर कुवर र माओवादीका हरिाम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.