हामी नाटक हेरिरहेका छौँ : पोखरेल

हामी नाटक हेरिरहेका छौँ : पोखरेल

बर्दिबास : माओवादी केन्द्र नेता गिरिराजमणि पोखरेलले फागुन दोस्रो साता वामपन्थी नेतृत्वको सरकार बन्ने बताएका छन्। बर्दिबासमा एकीकृत अखिल नेपाल शिक्षक संगठन महोत्तरीको दोस्रो सम्मेलन उद्घाटनमा उनले यस्तो बताएका हुन्। ‘एमाले र माओवादी केन्द्रबीच एकता भनेको समयमा हुन्छ कि हुँदैन, म भन्न सक्दिनँ’, उनले भने, ‘तर, फागुन दोस्रो साता वामपन्थीको सरकार अवश्य बन्छ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले मनोमानी ढंगले निर्णय गरिरहेको आरोप लगाए। ‘प्रधानमन्त्री शेरबहादुर देउवा देशमा नाटक मञ्चन गरिरहनुभएको छ, यो केही दिन अझै चल्छ।

हामी धैर्य राखेर नाटक हेरिरहेका छौं’, उनले भने, ‘प्रधानमन्त्री देउवाले प्रचण्डलाई पाँच वर्ष एकलौटी प्रधानमन्त्री बनाउने लोभ देखाउनुभएको छ। यो वाम गठबन्धन फुटाउनकै लागि हो। तर, वाम गठबन्धनको बहुमत छ। यसकै सरकार बन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.