सभास्थल निर्माणमा ढिलाइ

सभास्थल निर्माणमा ढिलाइ

बुटवल : संसद् बैठकस्थल तयार भइरहँदा पहिलो बैठकमा के हुन्छ ? भन्ने चर्चा हुन थालेको छ। प्रदेश ५ को संसद् सचिवालयमा सांसद पहिलो बैठकमा हुने तयारीबारे चासो राख्ने गरेका छन्। संसदको पहिलो बैठकको कार्यसूची बनाउन सर्वदलीय बैठक बस्ने तयारी छ। पहिलो बैठकको सुरु कसरी हुने भन्ने प्रारम्भिक खाका भने तयार भइसकेको छ। ‘पहिलो बैठकमा तीन/चार वटा काम हुन्छन्’, संघीय संसद् सचिवालयका सह–सचिव सुरेन्द्र अर्यालले भने, ‘प्रदेश प्रमुखले संसद् बैठक आह्वानका लागि दिएको पत्र पढेर बैठक सुरु हुन्छ।’

पहिलो बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्दै संसद्मा प्रतिनिधित्व गर्ने ६ दलका नेतालाई शुभकामना दिने समय दिनेछन्। संसद् सञ्चालन गर्न नियमावली नबन्दासम्म अन्तरिक कार्यविधि बनाइनेछ। पहिलो बैठकले त्यो कार्यविधि अनुमोदन गर्नेछ। कार्यविधिको मस्यौदा संघीय संसद्ले नै खाका बनाएर पठाइसकेको छ। सो मस्यौदालाई सर्वदलीय बैठकमा छलफल गराई संसदमा पेस गर्ने तयारी सचिवालयको छ।

पहिलो बैठक सभामुखको निर्वाचन मिति तोकेर सकिने सम्भावनाबारे दलभित्र छलफल गरी टुंगो लाग्ने सहसचिव अर्यालले बताए। पहिलो बैठकले संसद् नियमावली निर्माण गर्न समिति बनाउनेछ। नियमावली बनेपछि मात्रै प्रदेश संसद्मा कति वटा संसदीय समिति बन्ने टुंगो लाग्नेछ। मुख्यमन्त्री चयन गर्न संसद्मा काम नहुने भएकाले त्यो प्रक्रिया प्रदेश प्रमुखको कार्यालयले गर्नेछ।

संविधानअनुसार फागुन ३ गतेभित्रै मुख्यमन्त्री चयन गर्र्नुपर्छ। संसद्ले फागुन ६ गतेभित्रै सभामुख चयन गर्नेछ। ‘सर्वदलीय छलफलअनुसार बैठकको काम कारबाही तय हुनेछ’, ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले भने। माघ २१ गते बिहान ११ बजे संसद् बैठक बोलाइएको छ। बैठक सञ्चालन गर्न परामर्श लिन प्रदेश प्रमुख उमाकान्त झा काठमाडौं पुगेका छन्। सांसद र कर्मचारीलाई संघीय संसद्को टोलीले बैठकको विषयमा परामर्श दिनेछ।


बैठकस्थल तयारी हँदै

पूर्वाधार निर्माणको जिम्मा पाएको स्थानीय समितिले समयमै काम सुरु नगरेपछि प्रदेश ५ को बैठकस्थल निर्माणमा चुनौती देखिएको छ। बुधबारबाट सभाकक्षा निर्माण सुरु हँदै छ। बैठकस्थल संघीय संसद्को ढाँचामा बनाउने तयारी गरिएको छ। ‘समयले भ्याएसम्म संघीय संसद्कै ढाँचामा पूर्वाधार व्यवस्थापन हुन्छ’, सहसचिव अर्यालले भने। प्राथमिकताको आधार पूर्वाधार निर्माण सुरु भएको उनले बताए।

सह–सचिव अर्याल नेतृत्वको चार सदस्यीय टोली सोमबार बुटवल आएको छ। प्रदेशका लागि खटिएका कर्मचारी भने अझै आइपुगेका छैनन्। संसद् बैठक कक्षको ड्यासमा सभामुख, संसद् सचिव, कार्यव्यवस्थाका लागि कर्मचारी टेबल, रोस्टम, श्रव्यदृश्य रेकर्डसहितको कन्ट्रोल रुम रहनेछ। सभामुखको अघिल्तिर दायाँतर्फ सत्ता पक्ष, बायाँतर्फ विपक्षी दलका सांसद राखिनेछ। पहिलो बैठकमा सत्तापक्ष र विपक्षी नहुने भएकाले दलगत आधारमा बस्ने व्यवस्था हुने सहसचिव अर्यालले जानकारी दिए।

संसद् पछाडि कर्मचारी, दर्शक र पत्रकार बस्ने कुर्सी रहनेछ। संसद्का लागि करिब ९५ कुर्सी राख्ने तयारी गरिएको छ भने दर्शकका लागि बढीमा ५५ कुर्सी राखिनेछन्। प्रदेश ५ मा ८७ जना सांसद छन्। प्रदेश ५ को संसद् सचिवालयका लागि तोकिएको बुटवल उद्योग वाणिज्य संघको भवन साँघुरो हुने देखिएको छ। संसदीय समिति, संसदीय दलका लागि बैठकस्थल व्यवस्थापन गर्न स–साना हल बनाउनुपर्ने भएकाले भवन साँघुरो हुने भएको हो।

दुईवटा तला सांसद सचिवालयका लागि प्रयोग गर्ने सहमति भएको छ। बुटवल उद्योग वाणिज्य संघको भवन साँघुरो भए संसद् सचिवालयका कर्मचारीका लागि नजिकैको खाली भवन खोज्नुपर्ने हुन्छ। पहिलो बैठकपपछि मात्रै अन्य संरचनाको तयारी गरिने सचिवालयले जनाएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.