पोखरीमा डुबेर महिलाको मृत्यु
गौशाला : महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए।
शारीरिकरुपमा अपाङ्ग रहेकी भण्डारी शौचका जाँदा पोखरीमा चिप्लिएर मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक मल्लले बताए।मृतक महिलाको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ। रासस