फोटोग्राफीको बजार घटेको होइन, रूप परिवर्तन भएको हो

फोटोग्राफीको बजार घटेको होइन, रूप परिवर्तन भएको हो

 

 

काठमाडौं : डिजिटल प्रविधि र सामाजिक सञ्जालको विकाससँगै फोटोग्राफीको बजार घट्दै गएको हो भन्ने छ। तर यो गलत हो। फोटोग्राफीको रूप मात्र परिवर्तन भएको छ। कुनै समय फोटो खिची त्यसलाई प्रिन्ट गरेर एल्बममा सजाएर राख्ने चलन थियो। तर अहिले फोटो सजाउने शैलीमा परिवर्तन आएको हो।

फोटो कन्सर्नले सन् १९६० मा नेपालमा फोटोग्राफी सुरु गर्दा र अहिलेको अवस्थामा पक्कै पनि ठूलो परिवर्तन आएको छ। मेसिनरीदेखि क्यामेरासम्मको परिवर्तनले यो व्यवसायलाई अझ सहज बनाएको छ। नेपालकै सबैभन्दा पुरानो फोटो स्टुडियोका रूपमा रहेर ६० वर्षसम्म निरन्तर काम गर्दा फोटो कन्सर्न आफैं पनि सबैमाझ चिनिएको छ। गुणस्तरीय सेवाले नै आज हामी यहाँ आइपुगका छौँ। यसले नेपालको फोटोग्राफीमा छुट्टै उचाइ हासिल गरेको छ। यस क्रममा व्यवसाय थपिएका छन्। हामी अहिले कोडाकको नेपालका लागि वितरक, फोटो बनाउने मेसिन नोरिसुको वितरक, केयर स्किनका लागि एक्सरे मेसिन वितरकका रूपमा काम गरिरहेका छाँै। हाम्रो आफ्नै स्टुडियो छँदै छ, त्योभन्दा पनि समयको मागसँगै परिवर्तन हुने क्रममा हामीले बुक फोटोको सुरुवात गरेका छौं। नेपालमै हामीले पहिलो फोटो बुक बनाउने मेसिन ल्याएर यसको पनि सुरुवात गरेका छौं।

यसरी फरक व्यवसायमा लाग्नुका मुख्य कारण पनि फोटोको आफ्नो बजार परिवर्तन भएरै हो। मान्छेको आवश्यकता परिवर्तन भइरहेको छ। ग्राहकले सधैँ एउटै किसिमका फोटो मन पराउँदैनन्। त्यसैले ग्राहकको रुचिअनुसार फोटोको रूपमा परिवर्तन ल्याउनुपर्ने भएको हो। त्यही क्रममा ग्राहकले के खोजी रहेका छन्। त्यसको अध्ययन भएको छ। विदेशमा हुने विभिन्न किसिमका कार्यक्रममा गएर त्यहाँको फोटो व्यवसाय कतातिर गइरहेको छ भन्ने कुुराको अध्ययन गरी सोहीअनुसार हामीले पनि नेपाली ग्राहकलाई सेवा दिन सफल भएका छौं।

सेवा दिने क्रममै सन् २००० मा हामीले कोडाकको सबैभन्दा ठूलो डिजिटल मेसिन नेपालमा भिœयाएका थियौँ। त्यो मेसिनको त्यसबेलाको मूल्य सवा करोड थियो। त्यो मेसिन अहिलेसम्म पनि चलिरहेको छ। त्यसपछि सन् २००८ मा आएर हामीले पहिलोपटक कप, प्लेट, टायललगायतमा फोटो प्रिन्ट गर्ने काम गरेका थियौं। सुरुमा पाँच हजार कप लियर आउँदा त्यो बिक्री गर्न पाँच महिना लागेको थियो। अहिले एक महिनमा एक कन्टेनर कप बेच्दा पनि पुगेको छैन। त्यसैले हामीले यसलाई व्यावसायिक रूपमा देशभर नै सुरु गरेको छौं।

अहिले जुनसुकै स्टुडियोले पनि केही समयमै कपमा फोटो प्रिन्ट गरिदिन सक्ने भएका छन्। ५० हजार लागतमा पनि यो व्यवसाय गर्न सकिने भएकाले मानिस यसमा आकर्षित छन्। साथै हामीले फ्लेक्स मेसिन पनि बिक्री गरिरहेका छौं। नेपालमा यो मेसिन तीन वर्षको अवधिमा एक सय ४० वटा भन्दा बढी बिक्री भइसकेको छ।

फोटो कन्सर्नले भर्खरै फोटो बुकको सुरुवात गरेको हो। फोटोका रूपमा आएको परिवर्तनलाई यसको मागले पनि दर्साउँछ। यसको सुरुवातसँगै कसैको विवाह, व्रतबन्ध, कार्यक्रम, भ्रमण, बिजनेस, कर्पोरेट हाउसको प्रोफाइल बनाउने क्रम बढेको छ। यसलाई कफी टेबल बुक पनि भनिन्छ। पहिले फोटो खिचेर एल्बममा हाल्ने चलन थियो। अहिले त्यसलाई एउटा बुकका रूपमा राख्न सकिने भएको छ। यो पानीले पनि नभिज्ने, च्यात्न पनि नसकिने पेपरमा बनेको हुन्छ। अहिले मान्छेसँग समय कम छ। उसले तपाईंका २० वटा एल्बम हेर्न सक्दैन। तर त्यो २० वटा एल्बमबाट सेलेक्ट गरेर आफ्नो प्रेफाइल बुक बनाउने हो भने त्यसले मान्छेलाई आफूलाई हेर्न दृष्टिकोणमा समेत फरक पर्न सक्छ। यो अहिले बजारमा सबैभन्दा बढी रुचाइएको प्रोडक्ट हो।

हामीले हेटौँडा उद्योग परिसरभित्र नेपालको पहिलो फोटो फ्रेम उद्योग सञ्चालनमा ल्याएका छौं। अहिले नेपालमा फोटो फ्रेम भारत र चीनबाट आयात भइरहेको अवस्थामा नेपालमै यसको उत्पादन सुरु गरिएको छ। ‘मेड इन नेपाल’ लेखेका फोटो फ्रेम प्रयोग गर्न पाउनु ग्राहकका लागि पनि एउटा आनन्दको विषय हो। बाहिरबाट आउँदा उनीहरूले जस्तो डिजाइन गरेर पठाए, त्यही प्रयोग गर्नुपर्ने हुन्छ। तर नेपालमै निर्माण गर्न थालेसँगै हामीले नेपाललाई प्रतिनिधित्व गर्ने खालका फोटो फ्रेम निमार्ण गरेका छौं। हामीसँग अहिले दुईवटा प्रोडक्सन लाइन छन्। २४ घण्टा चल्छन्। भर्खरै उत्पादन सुरु गरिएकाले यसको उत्पादन क्षमता यति भन्न सक्ने अवस्था छैन। तर पनि यसले नेपालमा फोटो फ्रेमको माग पूरा गर्न सक्छ। यसका लागि आवश्यक कच्चापदार्थ चीन र भारतका विभिन्न स्थानबाट मगाउने गरेका छौँ।

प्रविधि र मेसनरी वस्तुमा आएको परिवर्तनसँगै शिक्षामा पनि परिवर्तन आवश्यक छ। सोहीअनुसार हाम्रै पहलमा सीटीईभीटीसँग सहकार्य गरेर स्टुडियो फोटोग्राफ्री कोर्स तयार भएको छ। फोटोग्राफीमा एकेडेमिक कोर्सको पनि जरुरी छ भनेर यसको सुरुवात गरिएको हो। हिजो फोटो परेर र गरेर सिकिन्छ भन्ने थियो। तर अहिले प्रविधिसँग आधारित हुनेबित्तिकै कम्प्युटर नजान्ने मान्छेले फोटोग्राफी सक्दैनन्। त्यसका लागि पढाइ आवश्यक छ। अहिले ‘स्टुडियो फोटोग्राफी लेभल वान’ भनी यसको सुरुवात गरिएको छ। नेपाल सरकारले पनि मान्यता दिएकाले यो लेभल पास गरेरमा प्लस टू तह पास गरेसमानको मान्यता पाउनेछन्। यो तीन महिनाको कोर्सले युवालाई विदेशका साथै स्वदेशमा पनि रोजगारी सिर्जना गर्न मद्दत पु¥याउनेछ। यसको लेभल टू र थ्रीका लागि पनि कोर्स तयार गर्ने क्रममा छ। योसँगै हामी भिडियोग्राफी, भिडियो मिक्सिङलगायत टेक्निकल पार्टलाई पनि यसमा समावेश गरिनेछ। यसले स्टुडियो फोटोग्राफीमा आवश्यक हरेक विषय समेटेको छ। स्टुडियो फोटो व्यवसाय चलाउन लाग्ने हरेक सीप पनि यही कोर्सले दिन्छ।

सबैको हातमा क्यामेरा भएको मोबाइल हुनु यो क्षेत्रको चुनौती हो। सबैले फोटो खिच्न सक्छन्। उनीहरूले खिचेको फोटोलाई कसरी हामीकहाँ ल्याउने भन्ने कुरा मात्र हाम्रा लागि चुनौती हो। प्रविधिले फोटो बनाउन सहज बनाइदिएको छ। त्यसैले उनीहरूले खिचेका फोटोलाई कसरी प्रिन्टिङसम्म पु¥याउने भन्ने मात्र हाम्रा लागि चुनौती हुन्। त्यही चुनौतीसँग लड्नकै लागि हामीले आफ्नो व्यवसायलाई फराकिलो बनाएका हौं। हामीले अहिले स्टुडियो फोटोग्राफी, आउटडोर फोटोग्राफी, भिडियो मिक्सिङ, विवाह–व्रतबन्धका भिडियो निर्माण, नेपालमा भएका कलर ल्याबलाई पेपर केमिकल, मेन्टिनेन्स सर्भिस, टी–सर्ट आदिमा फोटो प्रिन्ट, लार्ज फम्र्याट प्रिन्टर बेच्ने, फ्रेमिङ, विवाहमा प्रि–सुट, पोस्ट–सुटलगायत सेवा दिँदै आएका छौं।

(रञ्जनहरि कोइरालासँगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.