वाईफाई भन्दा सयौं गुणा फास्ट इन्टरनेट लाईफाई आउदै

वाईफाई भन्दा सयौं गुणा फास्ट इन्टरनेट लाईफाई आउदै

एजेन्सी :  डिजिटलको दुनियाँमा नयाँ इन्टरनेट सेवा आउने भएको छ। वाईफाई भन्दा सयौ गुना तिव्रगतिको इन्टरनेट सेवा भारतले परीक्षयण गरिरहेको छ। नयाँ इन्टरनेट लाईफाईले एलईडी बल्ब मार्फत पनि काम गर्न सक्छ। एउटा प्रतिवेदन अनुसार भारत सरकारले परीक्षण गरिरहेको यो प्रविधिलाई छिटै प्रयोग ल्याउन सकिने छ। फाइबर नभएको स्थानमा लाईफाई प्रयोग ल्याउन सकिने छ। सुचना प्रविधि मन्त्रलायले लाईफाई पाईलट प्रोजेक्टमा परीक्षण गरिरहेको छ।

१० जीबीपिएसको स्पीड डाटा ट्रान्समिट गर्नको लागि एलईडी बल्ब र लाईट स्पेक्ट्रमको प्रयोग गर्न सकिनेछ। वाईफाई एक कोठा वा घरमा मात्र कनेक्ट गर्न सकिन्छ भने लाईफाईको रेडियस १ किलोमिटर सम्म कनेक्ट गर्न सकिन्छ। अहिले भारतमा फाइबर बिच्छ्याएर इन्टरनेट जडान गर्न धेरै समस्या छ र यसको लागि धेरै समय पनि लाग्छ।

सूचना मन्त्रालयका शिक्षाा तथा अनुसन्धान सञ्जालका प्रबन्ध निर्देशक नीना पाहुजाले लाईफाईको सबै भन्दा धेरै प्रयोग मुलुकका ठूलाठू्ला स्मार्ट सिटीमा गर्न सकिने बताइन्। उनले स्मार्ट सिटीमा एलईडी मार्फत लाईफाई जडान गर्न सकिने बताइन्।

के हो लाईफाई ?
लाईफाईमा इन्टरनेट कनेक्टिभिटीको लागि भिजिबल लाइट कम्युनिकेसन (भीएलसी)को प्रयोग गरिएको छ। जसले लाईफाईको कनेक्टिभिटीको गति १ जीबीपीएस निर्धारण गरेका छ जुन वाईफाईको तुलनामा सयौं गुणा बढी छ। २०१५ मा अन्त्यतिर लाईफाईको पहिलो पटक प्रयोगशालामा प्ररीक्षण गरेर बाहिर ल्याइएको हो जहाँ यसको कनेक्टिभिटी स्पीड १ जीबीपीएस परीक्षण गरिएको थियो। धेरै जसो वाईफाईको रायउटर्समा बढीमा १०० एमबीपीएस कनेक्टिभिटी स्पीड मात्रै हुन्छ।

यो इटरनेटको स्पीड होइन कि कनेक्टिभिटी स्पीड हो। धेरैले डिभाइसको कनेक्टिभिटी स्पीडलाई इन्टरनेटको स्पीड सम्झने गर्छन्। उदाहणको लागि वाईफाई राउटरको कनेक्टिभिटी स्पीड १०० एमबीपीएस हुन्छ जसको मतलब राउटरबाट स्मार्टफोन वा ल्यापटपमा १०० एमबीपीएस स्पीडमा कनेक्ट हुन्छ।

कार्यालय र स्थानिय नेटवर्किङमा फाइदा हुन्छ
जब लाईफाईको प्रयोग शुरु हुन्छ, लोकल नेटवर्किङमा धेरै फाइदा हुन्छ जहाँ कम्प्युटर लोकल वाईफाई नेटवर्क गरिएको हुन्छ। स्टोनियन कम्पनीका सिओ दीपक सोलंकीले एक अंग्रजी अखबारलाई बताउदै भनेका छन्, 'हामीले धेरै उद्योगमा यसकिसिमको पायल प्रोजेक्टको परीक्षण गरिरहेका छौ। ’

सुरक्षित कनेक्सनको लागि फाइदा
सुरक्षित इन्टरनेट कनेक्सनको लागि लाईफाई फाइदाजनक छ। वाईफाईको जस्तो लाईफाईको सिग्नल भित्ता पार गर्न सक्दैन। उदाहरणको लागि एक कोठामा जोडेको सिग्नल अर्को कोठामा जादैन। जसले लाईफाईको कनेक्टिभिटी मजबुत र सुरक्षित हुन्छ। यही कारण लाईफाईको मार्फत् २२४ जीबीपीएस अधितम स्पीड डाटा प्रयोगशालामा दाैडिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.