प्रदेशसभा पहिलो बैठकको कार्यसूची बन्दै

प्रदेशसभा पहिलो बैठकको कार्यसूची बन्दै

पोखरा : प्रदेश ४ को प्रदेशसभा बैठकको तयारीमा संसद् सचिवालय कर्मचारी जुटेका छन्। प्रादेशिक संसदीय व्यवस्थामा सहजीकरण गर्न आएको ४ सदस्यीय संसदीय टोली पहिलो बैठकका मुख्य एजेन्डा, सभामुखको निर्वाचन, बैठक प्रक्रियाबारे सहजीकरण गर्ने गरी तयारीमा जुटेको हो। माघ २२ गते सोमबार बिहान ११ बजे प्रदेश ४ को पहिलो बैठक बस्दै छ।

पोखरा नदीपुरस्थित प्रदेशसभास्थलमा बुधबार चार संसद सचिवालयका कर्मचारी बैठक सञ्चालनका विषयमा केन्द्रित भई छलफलमा जुटेका थिए। पहिलो बैठकको मुख्य एजेन्डा सर्वप्रथम ज्येष्ठ सदस्यले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने सहसचिव जीवराज बुढाथोकीले बताए। त्यसपछिको एजेन्डा दलका प्रतिनिधिले वक्तव्य दिनेछन्। यसैगरी, प्रदेशसभाको अन्तरिम कार्यविधिबारे छलफल भएर पारित हुने पनि उनले बताए।

पहिलो बैठकमै अध्यक्ष मण्डलको मनोनयन हुनेछ। अन्तिममा सभामुख र उपसभामुखको निर्वाचनबारे छलफल हुने उपसचिव गोपाल सिग्देलले सुनाए। प्रदेशसभा नियमावली नबनेसम्म प्रदेशसभा कसरी सञ्चालन गर्ने, कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भमा अन्तरिम कालका लागि सभाको बैठक नियमित गर्न दिग्दर्शनजस्तो कार्यविधि तयार हुने उनले बताए। यो कार्यविधि पहिलो बैठकले नै पारित गर्नेछ। संसदीय टोलीले सभामुख कहाँ बस्ने, सत्तापक्ष र प्रतिपक्षका सांसद कहाँ बस्ने, मर्यादापालक, कर्मचारी, पत्रकारलगायतलाई बस्ने ठाउँको व्यवस्थापन पनि गर्नेछ।

प्रादेशिक राजधानी अस्थायी रूपमा तोकिएको पोखरामा संसद् भवन र सचिवालयलगायत पूर्वाधार अझै तयारी भइसकेको छैन। संसद् भवनभित्र कुर्सी, टेबल र माइक राख्नुपर्ने भए पनि यसको तयारी भइरहेको छ। २१ गतेभित्र प्रदेश संसद् भवन, सचिवालयलगायत पूर्वाधार तयार गर्ने गरी काम भइरहेको सहरी विकास तथा भवन डिभिजन कार्यालय पोखराका प्रमुख किशोरलाल महाजुले बताए। प्रदेश प्रमुखको सचिवालय, मुख्यमन्त्रीको कार्यालय, निवास, विभिन्न मन्त्रालयको तयारीमा पनि सहरी विकास तथा भवन डिभिजन कार्यालय जुटेको उनले बताए।

सरकारले प्रादेशिक संसदीय व्यवस्था सहजीकरण गर्न चार सदस्य संसदीय टोली काठमाडौंदेखि पठाए पनि २७ जना कर्मचारी चाहिने भए पनि अहिलेसम्म एक जना नासुस्तरका कर्मचारी मात्र खटाएको छ। प्रदेशसभाको सचिवसमेत सरकारले नतोक्दा सहजीकरण गर्न आएको संसदीय कर्मचारी टोली अन्योलमा छन्। संसदीय सचिवालयले सहसचिव जीवराज बुढाथोकीलाई १५ दिन र अरूलाई एक महिनालाई काजमा खटाए पनि प्रदेशसभामा अरू कर्मचारी पुगिनसकेकाले समस्या भएको हो।

प्रदेशसभालाई प्राविधिक सहयोग र सहजीकरण गर्ने मुख्य काम लिएर आएको संसदीय कर्मचारी टोलीले प्रदेशसभामा खटिने कर्मचारीलाई आवश्यक तालिमसहित संसदीय अभ्याससमेत गराउनुपर्ने भए पनि कर्मचारी नै नभएकाले १५ दिनपछि कसलाई हस्तान्तरण गरेर जाने भन्ने नै अन्योलमा परेको सहसचिव बुढाथोकीले सुनाए। प्रदेशसभाको पहिलो बैठक बस्न भने समस्या नपर्ने उनले सुनाए।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.