सभामुख र उपसभामुखमा आकांक्षी नै देखिएनन्

सभामुख र उपसभामुखमा आकांक्षी नै देखिएनन्

काठमाडौं : एमालेमा प्रदेशसभा सभामुखका लागि कसैले पनि रुचि देखाएका छैनन्। प्रदेश मुख्यमन्त्रीको नियुक्तिअघि सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। सबै प्रदेशसभा बैठक माघको तेस्रो साता बोलाइएको छ। जेष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने एमाले स्थायी समितिले निर्णय गरिसकेको छ। मर्यादाक्रममा प्रदेश मुख्यमन्त्री ९ औं र प्रदेशसभा सभामुख १५ औं स्थानमा छन्। पदीय हिसाबले मुख्यमन्त्री माथि भए पनि प्रदेशसभा सभामुख भूमिका कमजोर छैन। बैठक सञ्चालन कार्यसूची पेस गर्नेदेखि बैठकको नेतृŒव गर्नेसम्म सबै काम सभामुखले गर्छन्। प्रदेशसभा सभामुखको भूमिका संघीय संसद्को सभामुखसरह समान छ।

संविधानको धारा १८२ मा प्रदेशसभाका सभामुख र उपसभामुख सम्बन्धमा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभा सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ।

उपधारा (१) मा निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनुपर्नेछ र प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ। वाम गठबन्धनको भागबन्डाअनुसार प्रदेश १, ३, ६ र ७ मा एमालेले सभामुख पाएको छ। प्रदेश ४ र ५ मा भने एमालेले उपसभामुख पाएको छ।

प्रदेश १ मा सभामुखका आकांक्षी नदेखिएको एमाले सचिव भीम आचार्यले बताए। ‘मुख्यमन्त्रीको टुंगो मतदानबाट लगाउने भए पनि सभामुख भने पार्टीले नै निर्णय गर्ने अवस्था छ’, उनले भने। आकांक्षी नभएकाले पनि प्रदेश सभामुखको विषय पार्टीले निर्णय गर्न सक्ने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्। प्रदेश ३ को प्रदेशसभा बैठक बिहीबार जेष्ठ सदस्यले सञ्चालन गर्दै छन्। उनका अनुसार राष्ट्रियसभाको निर्वाचनपछि मात्र सभामुख र उपसभामुखबारे निर्णय हुनेछ।

प्रदेश ४ मा सभामुख माओवादीको भागमा परे पनि उपसभामुख एमालेले पाएको छ। उपसभामुखको टुंगो सम्भवतः निर्वाचनबाटै लाग्ने एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बताए। प्रदेशसभामा विजयी नेताहरू मुख्यमन्त्रीमा केन्द्रित हुँदा सभामुखका आकांक्षी नदेखिएका हुन्। पार्टीले मुख्यमन्त्री नहुने नेतामध्ये सभामुख छान्ने स्थिति देखिएको छ। पार्टीभित्र लबिङ गरिरहे पनि बाहिर आकांक्षी खुलेका छैनन्। भागबन्डाअनुसार प्रदेश ६ मा सभामुख पाए पनि त्यसमाथि पुनर्विचार गर्नुपर्ने नेता यमलाल कँडेलले बताए। प्रदेश ६ मा मुख्यमन्त्री नै पाउनु पर्ने अडान त्यहाँका एमाले नेताले राखेका छन्। प्रदेश ७ पनि सभामुखका आकांक्षी अहिले नदेखिएको नेता कर्ण थापाले बताए। सभामुखमा प्रदेशसभाबाट वा पार्टीको निर्णयबाट जसरी आए पनि हुने उनको धारणा छ।

माओवादी केन्द्रले प्रदेश ४ र ५ मा सभामुख पाएको छ। माओवादीमा भने केही व्यक्ति प्रदेश सभामुखमा आकांक्षी देखिएका छन्। प्रदेश ५ मा पूर्ण घर्तीले सभामुखमा दाबी गरेका छन्। सो प्रदेशमा दामा शर्माले पनि सभामुखमा दाबी गरिरहेका छन्। प्रदेश ४ मा पर्वतका जिल्ला इन्चार्ज नेत्र अधिकारी र तनहुँका इन्चार्ज हरि चुमानले सभामुखमा प्रतिस्पर्धा गर्ने देखिएको छ। सभामुख र उपसभामुख छनोट गर्ने समय भइनसकेकाले पनि आकांक्षीहरू नदेखिएका पूर्वसभामुख ओनसरी घर्तीमगरले बताइन्। ‘समय आएपछि प्रतिस्पर्धाबाटै सभामुख र उपसभामुख आउने छन्’, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.