ज्ञानेन्द्रको शतकमा नेपालको दोस्रो जित

ज्ञानेन्द्रको शतकमा नेपालको दोस्रो जित

 

काठमाडौं : उपकप्तान ज्ञानेन्द्र मल्लले एक सय ५४ रनको शतकीय पालि खेलेपछि नेपालले दुबईमा खेलिएको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । अर्को साताबाट नामिबियामा सुरु हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीस्वरूप हाल दुबईमा रहेको नेपाली टोलीले बुधबार खेलिएको आफ्नो दोस्रो खेलमा यूएई ए टोलीलाई एक सय ९३ रनको भारी अन्तरले पराजित गर्‍यो ।

नेपालले यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा पनि सोही टोलीलाई २५ रनले पराजित गरेको थियो । आईसीसी एकेडेमी ओभर वान मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नेपाली टोलीले ज्ञानेन्द्रको उत्कृष्ट पालिमा निर्धारित ५० ओभर पूरै ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा तीन सय ३३ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको यूएई ए टोली ४०.२ ओभरमा एक सय ४० रनमै समेटिएपछि नेपालको भारी अन्तरको जित पक्का बनेको थियो ।

नेपाली टोलीलाई प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्रले एक सय ३१ बलमा एक सय ५४ रनको जोडेका थिए । उनले आफ्नो पालिमा १७ चौका प्रहार गरेका थिए । उनीसँगै अर्का सुरुआती ब्याट्सम्यान दिलीप नाथले ६४ रनको योगदान दिएका थिए । दिलीपले आफ्नो पालिमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए । त्यसपछि आरिफ सेखले अविजित रहँदै ४१ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले ३४ रन तथा अनिलकुमार शाहले १४ रन जोडेका थिए ।

त्यसपछि जवाफी ब्याटिङमा आएको यूएई ए टोलीलाई नेपाली बलरहरूले कसिलो बलिङ गर्दै सस्तो योगफलमै रोक्न सफल भए । युवा स्पिनर सन्दीप लामिछाने एक्लैले चार विकेट लिँदा यूएई ए टोलीका लागि मोहम्मद क्वासिमले ४१ रन जोड्नेबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । क्वासिमलाई सन्दीपले नै एलबीडब्ल्यू आउट गराएका थिए ।

यूएई ए टोलीका लागि चिराग सुरीले १८ रन तथा अलि मिर्जा र अन्स टन्डनले समान १७÷१७ रन जोड्नेबाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न सकेनन् । १० ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चंदै चार विकेट लिएका थिए । कप्तान पारस खड्काले दुई विकेट लिँदा सोमपाल कामी र शक्तिप्रसाद गौचनले पनि एक÷एक विकेट लिएका थिए ।

यूएई ए टोलीका वासिफ अहमेद, कार्थिक मायाप्पन र कप्तान लक्ष्मण श्रीकुमारले नेपालको एक÷एक विकेट लिएका थिए । नेपालले यूएई ए टोलीसँग शुक्रबार आफ्नो तेस्रो अभ्यास खेल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.