टुंगो लागेन् प्रदेश प्रमुखको कार्यालय

टुंगो लागेन् प्रदेश प्रमुखको कार्यालय

विराटनगर : प्रदेश एकको पहिलो संसद बैठक माघ २२ गते १ बजे बस्ने मिति तय भएपनि प्रदेश प्रमुख डा. गोविन्द तुम्बाको कार्यालय र आवासको टुंगो लाग्न सकेको छैन् । प्रदेश प्रमुखको आवास सुनसरी मोरङ आयोजना अन्तर्गत कोशी प्रोजेक्टको अतिथि गृहलाइ बनाइएको छ । तर, त्यो अझै व्यवस्थित भइसकेको छैन । यसअघि क्षेत्रीय पशु कार्यालयलाई प्रदेश प्रमुखका लागि कार्यालय बनाउने बताइएपनि सुरक्षाको दृष्टिले उचित नदेखिएको सचिवालयले जानकारी दिएको छ । सडकसँग जोडिएको र भवनका कमसल काँच भएको कारण अझै सुरक्षित स्थानको खोजी भइरहेको सचिवालयले जनाएको ।

सुरक्षित कार्यालयको खोजीमा क्षेत्रीय बन कार्यालयसम्म पुगेपनि त्यहाँसमेत उचित नदेखिएको बताइएको छ । बैठक बस्ने मिति नजिकिए पनि प्रमुखको टुंगो लाग्न नसक्दा अप्ठ्यारो भइरहेको प्रदेश प्रमुखका स्वकीय सचिव डा.तुलसीप्रसाद गौतमले जानकारी दिए । उनले भने,‘सरकारले तोकेका प्रदेश सचिव आउँदै गरेको जानकारी भएका कारण अब चाँडै प्रदेश प्रमुखको कार्यालय पनि टुंगो लगाइने तयारी छ ।’उनले कार्यालयको टुंगो नलाग्दा प्रमुख भेट्न आउने अतिथिलाइ क्वाटरमै बोलाउने गरिएको बताए ।

अन्य मन्त्रालय बस्ने हकमा पनि प्रदेश एकमा रहेको सचिवालयले तयारी थालेको जानकारी दिए । हाल सरकारले मुख्य मन्त्रीसहित ७ मन्त्रालयको तयारीका लागि विराटनगरमा रहेका क्षेत्रीस्तरका कार्यालयभवनलाइ मन्त्रालयको ढाँचाको रुपमा अघि बढाएको छ । मुख्यमन्त्रीको भवनका लागि क्षेत्रीय कृषि निर्देशनालयको भवनलाइ तयारी गरिएको सचिवालयका सदस्य श्याम किशोर सिंहले जानकारी दिए । उनका अनुसार माघ २२ गते बस्ने पहिलो प्रदेश सभा अधिवेशन लागि आवश्यक पर्ने फर्निसिङ, कार्पेटिङलगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले प्रदेश प्रमुकको कार्यालय, सचिवाल र निवासको व्यवस्थापनका लागि छलफल भई रहेको बताउँदै भने,‘सम्भावित कार्यालयको रुपमा क्षेत्रीय वन कार्यालयलाई लिएका छौं । छलफल जारी छ ।’

फायल सुरक्षाको चिन्ता

क्षेत्रीयस्तरका कार्यालयलाइ मन्त्रालयमा रुपान्तरण गर्ने भएपछि उक्त कार्यालयका महत्वपूर्ण कागजातको सुरक्षा मुुख्य चुनौती बनेको छ ।

क्षेत्रीयस्तरका सरकारी कार्यालय मन्त्रालयमा रुपमान्तरण हुने भएपछि अत्यन्त गोप्य रहने विभिन्न कागजको सुरक्षा चुनौतीपूर्ण बनेको क्षेत्रीय कृषि निर्देशनालयका प्रमुख हस्तबहादुर विष्टले बताए । उनले भने,‘मुुख्यमन्त्रीको कार्याकक्ष बस्ने भए पछि भवनको पहिलो तला खाली गरेका छौं । तर, व्यवसायिक कृषि परियोजना (प्याक्ट) सहितका कृषकसँग सरोकार राख्ने महत्वपूर्ण दस्तावेजको सुरक्षा जोखिम बढेको छ ।’ भवनको तला खाली गर्नु भन्ने आदेश आएकलो सोही अनुरुप गरिएको र ६० वर्ष देखिका महत्वपूर्ण कागजातको सुरक्षा जोखिम बढेको उनले बताए । व्यक्तिगत घरमा राख्न पनि नमिल्ने र अति गोप्य हुनुपर्ने केहि कागजहरु हराए कानुनी झमेला बेहोर्नुपर्ने विष्टको तर्क छ ।

त्यस्तै क्षेत्रीय वन कार्यालयमा समेत वर्षै देखि सुरक्षित रहेको कागजको सुरक्षाकै चिन्ता छ । मन्त्रालयको भवन रंगरोगन गर्ने जिम्मा सम्हालेका सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख श्यामकिशोर सिंहले वन कार्यालयको अभिलेख सुरक्षाप्रति चिन्ता बढेको बताए । ‘हामीलाई भवन खाली गराई मन्त्रालयको तयारी गर्न भनिएको छ’, उनले भने,‘तर वनको अति महत्वपूर्ण फायललाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले छोपेको छ ।’

संघीय संरचना अनुसार क्षेत्रीयस्तरका सरकारी भवन भोलि सम्बन्धित मन्त्रालयमा मिलन हुने भए पनि तत्काललाई मन्त्रालय संचालन भई नसक्दा खाली गरिएका कार्यालयको फाइलको सुरक्षा नै चासोको विषय बनेको छ । जनताका महत्वपूर्ण फायल हराए कानुनी सजायको भागीदार बन्नुपर्ने भएपछि अहिले मन्त्रालय राख्ने सरकारी कार्यालयका प्रमुखहरु कसरी फाइल सुरक्षित राख्ने भन्ने ध्याउन्नमा छन् ।

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.