अख्तियारको नजर अब स्थानीय सरकारको भ्रष्टाचारमा

अख्तियारको नजर अब स्थानीय सरकारको भ्रष्टाचारमा

बुटवल : अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले स्थानीय तहमा हुने विकास निर्माण र जनप्रतिनिधिका काममा निगरानी राख्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

प्रदेश सरकार गठन भइरहँदा स्थानीय स्तरमा हुने विकास आयोजनामा अनियमितता हुनसक्ने भन्दै उनले कर्मचारीलाई चनाखो बन्न समेत निर्देशन दिए।अख्तियार अनुसन्धान दुरुपयोग आयोग बुटवल कार्यालयको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै प्रमुख आयुक्त बस्न्यातले स्थानीय र प्रदेश सरकारका गतिविधिको निगरानी गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन्।

प्रशासन चलाउने प्रक्रिया सिक्दै गरेका जनप्रतिनिधिबाट हुनेसक्ने गल्तीहरुमा निजामति कर्मचारीसँगै विशेषगरी आयोगका कर्मचारीहरु बढी सचेत हुनुपर्ने उनले बताए। उनले आजैदेखि योजना बनाएर काम गर्न समेत कर्मचारीलाई निर्देशन दिएका छन्।

प्रमुख बस्न्यातले भष्ट्राचार नियन्त्रण गर्नमा अख्तियारको एक्लो भूमिकाले सम्भव नहुने भन्दै निजामति कर्मचारी र पत्रकारहरुको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए। अख्तियारले संघीय संरचना अनुरुप प्रादेशिक कार्यालयहरु पनि स्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

आयोगको काम संघीय संरचनामा झनै बढ्ने भन्दै उनले त्यसको हरेक प्रकारबाट तयारी भइरहेको जानकारी गराए। भवन उद्घाटन कार्यक्रममा बोल्दै अख्तियारका सचिव राजन खनालले देशको धेरै बजेट खर्च हुने स्थानीय सरकारको विकास निर्माणमा अख्तियारका कर्मचारीको ध्यान जानुपर्ने बताए।

त्यस्तै प्रदेश ५ का प्रमुख सचिवशंकर पाठकले प्रदेश ५ लाई भ्रष्टारमुक्त बनाउन आफ्नो महत्वपूर्ण काम हुने बताए। अख्तियार पोखरा कार्यालयका प्रमुख यदुप्रसाद पन्थीका अनुसार नवनिर्मित भवन ५ करोड ८८ लाख लागतमा निर्माण भएको हो।अख्यियारले सातै प्रदेशमा नयाँ भवन निर्माण गरिरहेको उनले जानकारी दिए।

प्रमुख आयुक्त आयोगको नवनिर्मित भवन उद्‍घाटन गर्दै। तस्बिर: लक्ष्मण पोखरेल


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.