मुख्यमन्त्रीसहित चार मन्त्रालय एकै भवनमा

मुख्यमन्त्रीसहित चार मन्त्रालय एकै भवनमा

बुटवल : रूपन्देहीमा निर्माण भएको सबैभन्दा अग्लो सरकारी भवनबाट प्रदेश ५ को शासन व्यवस्था चल्ने भएको छ। बुटवलको गोलपार्क नजिकै बनेको ६ तले श्रम कार्यालयको भवनमा मुख्यमन्त्रीसहित चार मन्त्रालय रहने छन्। भर्खरै निर्माण सकिएको भवनको उद्घाटनसमेत भएको छैन। ६ तले टावरको चौथो र पाँचौं तलामा मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय बस्नेछ। ‘यही भवनमा केही मन्त्रालय व्यवस्थापन हुन्छ’, प्रमुख सचिव शंकर पाठकले भने।

प्रदेश ५ मा सात वटा मन्त्रालयका लागि भवन व्यवस्थापन करिब टुंगिएको छ। मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय ६ तले भवनमा राखिने भएको छ। पहिलो, दोस्रो र तेस्रो तलामा यी मन्त्रालय रहनेछन्। सामाजिक विकास मन्त्रालय सीप विकास तालिम केन्द्रको भवन रामनगरमा रहनेछ भने भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालयको भवनमा राख्ने तयारी छ। कृषि तथा सहकारी मन्त्रालय भूमिगत जलस्रोत कार्यालय हाटबजारमा रहने बताइएको छ।

मुख्यमन्त्रीको कार्यालयमा प्रमुख सचिव, दुई सहसचिवसहित २१ जना कर्मचारी हुनेछन्। मन्त्रालय व्यवस्थापन गर्न केही सचिवसमेत बुटवल आइसकेका छन्। मुख्यमन्त्री राजस्व अनुसन्धानको भवन बुटवलमा बस्नेछन्। सभामुख, ६ जना मन्त्रीसहित केही कर्मचारीका लागि भैरहवास्थित भैलभुजको कार्यालयमा आवासको व्यवस्थापन गरिने भएको छ। आवासका लागि अन्य भवन पनि प्रयोग हुन सक्नेछन्। ‘हामी भवन छनोटको काम गरिरहेका छौं। मर्मतपछि सबै कार्यालय उपयुक्त हुन्छ’, प्रमुख सचिव पाठकले भने।

प्रदेश प्रमुखको सचिवालय व्यापार संघमा राखिएको छ भने आवास सडक विभागको गेस्ट हाउसमा छ। संसद् सचिवालय र संसद् भवन बुटवल उद्योग वाणिज्य संघको भवनमा छ। यी निजी संस्थाले बनाएका भवन सरकारी जग्गामा बनेका भाडा तिर्ने/नतिर्ने विषयमा निर्णय भइसकेको छैन।


प्रदेश संसद्लाई नगरसभाका कुर्सी

बुटवल : स्थानीय सरकारको संसद् भवनमा प्रयोग भएका कुर्सी प्रदेश ५ को संसद् भवनमा प्रयोग गरेको छ। प्रदेश ५ को बैठकस्थल निर्माणमा भएको ढिलाइका कारण बुटवल उपमहानगरपालिकाका पुराना कुर्सी प्रयोग गरिएका हुन्। संसद् बस्ने एक सय कुर्सीसहित सभामुखको रोस्टम र कुर्सी बुटवल उपमहानगरपालिकाका हुन्। बुटवल उपमहानगरले ६ महिनाअघि बसेको स्थानीयसभा बैठकमा ती कुर्सी प्रयोग गरेको थियो। ‘तत्काल फर्निचर बन्ने नदेखिएपछि बुटवल उपमहानगरबाट कुर्सी ल्याउनुपरेको हो’, संसद् बैठक व्यवस्थापन गर्न आएका संघीय संसद् सहसचिव सुरेन्द्र अर्यालले भने।

माघ २१ गते हुने संसद् बैठक तयारी अन्तिम चरणमा पुगेको छ। पहिलो संसद् बैठकलाई ऐतिहासिक बनाउन सजावटको काम भइरहेको छ। संसद् भवनभित्र राजनीतिक दलका आधारमा कुर्सी व्यवस्थापन गरिएको छ। भुइँमा निलो र आकाशे रङको कार्पेट राखिएको छ। सभामुखको रोस्टमपछि पर्दा टाँगिएको छ। संसद्को कुर्सी पछाडि रेलिङ राखेर पत्रकार, पर्यवेक्षक र कर्मचारी राख्ने व्यवस्था गरिएको छ।

संसद् भवनबाहिर मिडिया सेन्टरको व्यवस्था हुने अर्यालले बताए। पहिलो बैठकको कार्यसूची निर्माण गर्न शुक्रबार सर्वदलीय बैठक बस्दै छ। प्रदेश ५ मा जनमोर्चासहित राष्ट्रिय पाँच दलले संसद्मा प्रतिनिधित्व गरेका छन्। संसद् बैठकस्थल निर्माण सकिएपछि माघ २० गते बैठकको रिहर्सल हुने अर्यालले बताए।




प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.