राते काइँलाको परिचय फेर्दै शेरबहादुर

राते काइँलाको परिचय फेर्दै शेरबहादुर

काठमाडौं : राजधानीको कुमारी मल्टिप्लेक्समा विशेष रौनक थियो । मल्टिप्लेक्समा चलचित्रकर्मी, मिडियाकर्मी र दर्शकको बाक्लो उपस्थिति थियोे । सहभागी कोही सेल्फी खिच्न व्यस्त थिए त कोही सेलिब्रेटीहरूसँग सामूहिक तस्बिर लिन । साँझ जति बढ्दै थियो त्यति नै बढ्दै थियो कुमारी प्रांगणमा दर्शकको भीड । त्यही भीडमा गतिशील थियो एउटा परिचित अनुहार । उनी अरू कोही नभएर नेपाली रजतपटमा राते काइँला उपनामले परिचित कलाकार सुनील थापा थिए । अवसर थियो उनी अभिनीत चलचित्र ‘शेरबहादुर’ को प्रिमियर ।

आर राजवंशीको निर्देशन र धिराज प्रोडक्सनको प्रस्तुति रहेको उक्त चलचित्रमा सुनील थापाको मुख्य अभिनय छ । यसअघिसम्म राते काइँलाको नामले चिनिएका उनी यस चलचित्रमार्फत नयाँ परिचय स्थापित हुने विश्वासमा थिए । उनको गेटअपदेखि संवादसम्मले निकै चर्चा पाएको छ । थापा दृष्टिविहीन भूपू सैनिकको भूमिकामा छन् । एउटा सन्काहा सैनिकको भूमिकामा उनी निकै जमेका छन् । कर्मा, मेनुका प्रधान र रवीन्द्र झा पनि मुख्य भूमिकामा छन् । प्रिमियरमा शेरबहादुर चलचित्रको टिमको चहलपहल निकै रोचक थियो । हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, केदार घिमिरे, दीपा श्री निरौला पनि फिल्म हेर्न हलसम्म आएका थिए । प्रिमियरमा चलचित्र ‘शेरबहादुर’ का प्रायः सबै कलाकार उपस्थित भए पनि अस्वस्थता कारण मेनुका प्रधान भने उपस्थित थिइनन् । कलाकारको भेटसँगै शेरबहादुर टिमले एक अर्काप्रति खुसी साटासाट गरे ।

चलचित्रको सुरुवातको संवाद र दृश्यले हलभरि हाँसोको फोहोरा निरन्तर गुञ्जिएको थियोे । मध्यान्तरपछि समय भने दर्शकमा पर्याप्त सन्त्रास देख्न सकिन्थ्यो । चलचित्रले सुरुदेखि अन्त्यसम्म दर्शकको उत्सुकता कायम थियो । कमेडी, सस्पेन्स र थ्रिलिङको स्वाद पस्केको उक्त चलचित्रको समाप्तिमा दर्शकको गडगडाहट ताली बज्यो ।

चलचित्र हेरेर फर्कने दर्शकले चलचित्र स्तरीय बनेको प्रतिक्रिया दिए । चलचित्र हेरेपछि कलाकार तथा निर्देशक शोभित बस्नेतले ‘फिल्म अलग धार र जीवन्त अभिनयले सशक्त’ रहेको प्रतिक्रिया दिए । एउटा घर चोरी र बदलाको विषयवस्तु उठाइएको फिल्ममा कलाकारले जीवन्त अभिनय गरेका छन् । सुपर नेचुरल इलिमेन्ट प्रयोग नगरिकनेै दर्शकको मनमा डर र त्रास पैदा गर्न चलचित्र सफल छ । धेरैजसो दर्शकले शेरबहादुरलाई ‘हरर मुभी’ पनि भन्न भ्याए । तर कमेडी र हररको प्याकेज हो शेरबहादुर । यो चलचित्र शुक्रबारबाट देशैभर प्रदर्शनमा आउँदै छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.