पञ्चेबाजामा नाट्यकर्मी सौगात 

पञ्चेबाजामा नाट्यकर्मी सौगात 

काठमाडौं : प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पञ्चेबाजा’ मा अभिनेता सौगात मल्ल नाट्यकर्मीको भूमिकामा नै देखिने भएका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘मैले लामो समय नाटक अभिनयमा काम गरेँ । चलचित्र पञ्चेबाजामा पनि यस्तै भूमिका रहेको छ । नाट्यकर्मीको चरित्र आफ्नैजस्तो लागेकाले अभिनय गरेको हुँ ।’

एक वर्षका लागि विभिन्न फिल्ममा आबद्ध भइसकेको भए पनि पञ्चेबाजाको टिम राम्रो लागेकाले यसले अर्को फिल्म बनाए आफू काम गर्न तयार रहेको पनि पनि सौगातले बताए ।

आगामी ११ फागुनबाट देशव्यापी प्रदर्शनीमा आउने पञ्चेबाजाका निर्देशक घनश्याम लामिछानेले भने, ‘एउटा नाट्यकर्मीको चरित्र तयार भएपछि मैले त्यो भूमिकाका लागि सौगात मल्लबाहेक अरूलाई देखिनँ ।’

सौगातसँगै जस्मिन श्रेष्ठ, कर्मा शाक्य, सिर्जना सुब्बासहितको अभिनय रहेको यो चलचित्र पोखरा आसपास छायांकन गरिएको छ । अभिनेत्री जस्मिनले भनिन्,‘सौगातका थुप्रै फिल्म हेरेर प्रशंसक भएकी म उहाँसँग काम गर्न आतुर थिएँ । चलचित्र पञ्चेबाजामा काम गर्दा सौगातबाट धेरै कुरा सिक्ने अवसर पनि पाएँ ।’ पञ्चेबाजाको भूमिकाको लागि अनुप बरालसँग तीन महिना अभिनय सिकेर आएपछि सौगातसँग काम गर्न सजिलो भएको पनि जस्मिनले प्रस्ट पारिन् ।

यस अघि चलचित्र कवच, मनको साथी, बीच बाटो निर्माण गरेका राजेश शाहीले पञ्चेबाजा बनाएका हुन् । विगतका चलचित्र एक्सन प्रधान र प्रेमकथामा आधारित रहे पनि यस पटक ग्रामीण समाजको संस्कृतिलाई समेटेर पञ्चेबाजा बनाएको निर्माता शाहीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.