प्रचण्ड र सुष्मा स्वराजको भेटमा के भयो कुराकानी ?

प्रचण्ड र सुष्मा स्वराजको भेटमा के भयो कुराकानी ?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री सुष्मा स्वराज बीच भेटघाट भएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार सोल्टी होटलमा शुक्रबार बिहान ९:४० देखि साढे १० बजेसम्म स्वराज र प्रचण्ड बीच भेतवार्ता भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिएका छन् ।

स्वराजसँगको भेटपछि प्रतिक्रिया दिँदै दाहालले अहिले उनको भ्रमण एक सद्भाव भ्रमणको रुपमा आफूले बुझेको बताए । साथै चुनावपछिको नेपालको परिस्थिति र सरकार गठनको तयारीका बारेमा कुराकानी भएको प्रतिकृया दिए ।

नेपालको भावी राजनीति कसरी अघि बढ्ला भनी जिज्ञासा राखेको र निर्वाचनमा विजयी भएकोमा बधाई शुभकामना दिएको बताए ।

 

आफूले नेपालका लागि राजनीतिक स्थायीत्व र विकास आवश्यक रहेको र मुख्य गरी दुई देशबीचको सहयोग र सद्भावका बारेमा नै कुराकानी भएको प्रष्ट्याए । साथै नेपालको राजनीतिक स्थायीत्व र विकासका लागि भारतको सधैं सहयोग रहने प्रतिवद्धता जनाएको दाहालले बताए।

वाम गठबन्धन बारे स्वराजको धारणा कस्तो रह्यो ? भन्ने प्रश्नमा जवाफ दिँदै दाहालने भने, 'वाम गठबन्धनले मेजोरिटी ल्यायो, यो सकारात्मक कुरा भयो, यसमा उहाँले बढी भन्ने कुरा थिएन, हामीले पनि बढी भन्ने कुरा थिएन'

 

विदेशमन्त्री स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउबासहित कांग्रेस नेतासँग  भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी आजै अपराह्न दिल्ली फिर्ता हुनेछिन् । 

यो पनि पढ्नोस् : 'सँगै मिलेर काम गरौं'

बिहीबार दिउँसो काठमाडौं आएकी स्वराजले बिहीबार नै भावी प्रधानमन्त्रीको मुख्य दावेदार रहेका एमाले अध्यक्ष केपी ओलीसँग एकल र एमाले नेतासहित संयुक्त भेटवार्ता गरेकी थिइन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.