ग्रिनेड विस्फोट हुँदा पाँच सैनिक घाइते, एकको अवस्था गम्भीर

ग्रिनेड विस्फोट हुँदा पाँच सैनिक घाइते, एकको अवस्था गम्भीर

काठमाडौः नेपाली सेनाको प्रशिक्षणका क्रममा ग्रिनेड विस्फोट हुँदा कम्तिमा पाँचजना घाइते भएका छन् । जसमा एकजनाको अवस्था गम्भीर रहेको छ । महाराजगञ्जस्थित भैरवनाथ गणमा तालिमका क्रममा प्लास्टिक ग्रिनेड विस्फोट हुँदा पाँचजना सैनिक घाइते भएका हुन् ।

यो घटना प्रशिक्षकले सैनिकहरुलाई तालिम दिने क्रममा ग्रिनेडको पिन थुतेर फाल्ने क्रममा भएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले बताएका छन् ।  घाइतेहरुमध्ये चारजनाको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका एक सैनिकको भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। सैनिक स्रोतले घाइतेहरुको नाम र थप विवरण भने खुलाइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.