पेचिलो बन्दै प्रदेश एकमा मुख्यमन्त्रीको प्रतिस्पर्धा

पेचिलो बन्दै प्रदेश एकमा मुख्यमन्त्रीको प्रतिस्पर्धा

काठमाडौं : प्रदेश नम्बर १ को मुख्यमन्त्रीका लागि नेकपा एमालेका सचिव भीम आचार्य र पोलिटब्यूरो सदस्य शेरधन राईबीच रस्साकस्सी भएको छ।

अध्यक्ष केपी शर्मा ओलीनिकट राई र नेता झलनाथ खनालनिकट आचार्यले मुख्यमन्त्रीमा बलियो दाबेदारी गरिरहेका छन्। फागुन ३ गते भित्र मुख्यमन्त्री चयन भइसक्नु पर्नेछ। राईले मूख्यमन्त्रीकै लागि प्रदेश सभा रोजेका हुन् भने आचार्य प्रदेश सभामा आइसकेपछि मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिएका हुन् ।

सुनसरी क्षेत्र नम्बर १ खबाट विजयी एमाले प्रदेश संयोजक आचार्य र भोजपुर 'ख' बाट विजयी प्रदेश सहसंयोजक राईले आफ्नो पक्षमा लविङ गरिरहेका छन् ।

राष्ट्रिय सभाको निर्वाचनपछि एमालेले सर्वसम्मति नभए चुनावबाट मुख्यमन्त्री छान्ने निर्णय गरेपछि पूर्व सञ्चारमन्त्री राई र पर्यटनमन्त्री आचार्य प्रदेश सभा सदस्यलाई आफ्नो पक्षमा तान्न जोडतोडका साथ लागिरहेका छन्। आचार्य र राईले संघीय राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीको दाबी गरिरहेका छन्।

पढ्नुस्: आचार्य र रार्इमध्ये को बन्लान् मुख्यमन्त्री ?

 

९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश १ मा एमाले एक्लैको बहुमत छ। एमालेले यो प्रदेशमा ५१ सिट जितेको छ। जसमा शेरधनको पक्षमा बहुमत हुने उनको पक्षको दाबी छ। ओली पक्षका मोरङ जिल्ला अध्यक्ष विनोद ढकालले शेरधनले चुनाव भएमा ‘कन्फर्म’ जित्ने बताए। ओली पक्षका राईको पक्षमा ३० सांसद रहेका उनी पक्षधरको दाबी छ । आचार्य पक्षधर आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ ।

जीवन निर्णायक ?

नेता माधवकुमार नेपाल पक्षका मोरङ क्षेत्र नम्बर ४ खका जीवन घिमिरेले पनि मुख्यमन्त्रीमा दाबेदारी गरिरहेका छन्। मोरङका घिमिरे र रामकुमार ओझा लगायत सांसद अहिलेको अवस्थामा आचार्यको विपक्षमा उभिएका छन्।

नेपाल पक्षका भोजपुरका राजेन्द्र राई र खोटाङका राजन राई समेत मौन देखिएका छन्। राजेन्द्रले चुनावको समयमा शेरधन मुख्यमन्त्री हुने प्रचार गरेका कारण अहिले आचार्यको पक्षमा लाग्न समस्या भइरहेको छ।

मुख्यमन्त्रीको दाबी गरिरहेका घिमिरेले समेत आफुसँग स्पष्ट बहुमत रहेको दाबी गरे। उनले माधव नेपाल र झलनाथ खनालसँग कुरा गरेरै उम्मेदवारी घोषणा गरेको बताए। ‘मेरो उम्मेदवारी व्यक्तिगत होइन, नेतासँग कुराकानी गरेरै मैले घोषणा गरेको हुँ,' उनले भने, 'म उठ्ने नै हो, हल्ला गर्न मात्र उम्मेदवारी घोषणा गरेको होइन, बहुमत सांसद म प्रति सकारात्मक हुनुहुन्छ।’

विवादले आचार्य समस्यामा

भीम आचार्य मन्त्री हुँदा र मं‌सिरको चुनावमा गुटबन्धी गरेर टिकट वितरण गरेको भन्दै विवादित भएका थिए। उनीविरुद्ध इटहरीमा एमाले कार्यकर्ताले सडकमै ओर्लेर अन्तरघाती भन्दै नाराबाजी नै गरेका थिए ।

९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश १ मा एमाले एक्लैको बहुमत छ। एमालेले यो प्रदेशमा ५१ सिट जितेको छ। जसमा शेरधनको पक्षमा बहुमत हुने उनको पक्षको दाबी छ। ओली पक्षका मोरङ जिल्ला अध्यक्ष विनोद ढकालले शेरधनले चुनाव भएमा ‘कन्फर्म’ जित्ने बताए। ओली पक्षका राईको पक्षमा ३० सांसद रहेका उनी पक्षधरको दाबी छ । आचार्य पक्षधर आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ ।

आचार्यविरुद्ध प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारहरुबाट पैसा खाएको भन्दै पार्टीमा उजुरी समेत परेको छ। आचार्यले समानुपातिकको टिकट वितरणमा आफू निकटलाई बढी टिकट दिएर सांसद बनाएका छन्। समानुपातिकमा आचार्य पक्षधर धेरै छन्। प्रदेश १ मा समग्रमा नेपाल र खनाल पक्षको पल्लाभारी देखिएपनि नेपालपक्षकै २ जनाको दाबेदारीले शेरधनलाई फाइदा हुने देखिएको छ।

शेरधन फाइदामा !

आचार्य र घिमिरे मिलेर चुनाव लडेमा शेरधनलाई संसदीय दलको नेता बन्न फलामको चिउरा चपाएर सरह हुने देखिएको छ। घिमिरेको पक्षमा ८ जना भन्दा बढी सांसद रहेका छन्।

शेरधनको पक्षमा हिक्मत कार्की, जगदिश कुशियत, सर्वध्वज साँवा लिम्बू, लिलम बस्नेत, श्रीप्रसाद मैनाली, तेजमान कन्द्ङवा, उत्तमकुमार बस्नेत, विमल कार्की, गणेश कम्वाङ, लक्ष्मण तिवारी लगायतको साथ छ।

आचार्यलाई प्रदिप भण्डारी, बलबहादुर साम्सोहाङ लगायत बहुसख्यक सामुपातिक सांसदको साथ छ। जीवन घिमिरे पक्षमा ओझा र उपेन्द्रप्रसाद घिमिरे लगायत मोरङका अधिकांश सांसदको समर्थन छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.