यसरी गर्नुहोस् पुराना सारीको सदुपयोग

यसरी गर्नुहोस् पुराना सारीको सदुपयोग

काठमाडौं : दुई/चार पटक लगाइसकेपछि प्रायः कतिपयले फेरि त्यो सारी प्रयोग गर्न रुचाउँदैनन्। पुराना सारीलाई फ्याँक्नुको साटो त्यसबाट कुर्ता–सुरुवाल अथवा सल तयार गर्न सकिन्छ। यसरी गर्न सकिन्छ पुरानो सारीको पुनःप्रयोगः

–पुरानो सारीबाट ट्रेन्डी अनारकली या सादा कुर्ता बनाएर पलाजोसँग लगाउन सकिन्छ।

–जर्जेट अथवा सिफनको पुरानो सारीलाई सल बनाएर कुर्तासँग मिलाएर लगाउन सकिन्छ।

–सिल्क सारी छ भने त्यसको पनि सल तयार गरी कुर्ता–प्यान्टसँग म्याच गर्न सकिन्छ।

–पुरानो बनारसी सारी छ भने त्यसको लामो बोर्डर काटेर निकाल्ने र सिफन अथवा जर्जेट सारीमा लगाउन सकिन्छ। बचेको भागबाट कुसन कभर, सल अथवा कपडाको ब्याग बनाउन सकिन्छ।

–पुराना सारीको बोर्डरलाई नयाँ सारीमा पनि प्रयोग गर्न सकिन्छ।

–दुई अलग–अलग रङका सारी छन् भने तिनलाई काटेर, एकअर्कासँग जोड्ने। यसो गर्दा कन्ट्रास्ट रङको नयाँ सारी अथवा सल तयार गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.