अत्यधिक रक्तस्रावले आमा र शिशुको ज्यान गयो

अत्यधिक रक्तस्रावले आमा र शिशुको ज्यान गयो

रुकुम : रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको बिहीबार राति मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो ।

घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले बिहीबार अस्पताल पुर्याएका थिए । पाँचौं पटक गर्भवती भएकी विष्टको बच्चाले गर्भमा नै दिशा गरेपछि मृत्यु भएको चौरजहारी अस्पतालका डा. सुमन राईले जानकारी दिए ।

विष्टको शरीरमा रगतको अभाव भएको र वान्ता गरिरहेका कारण उपचारमा समस्या आएको डा. राईले बताए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यु भएको डा राईको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.