पद्मावती विवाद: शाहिद-रणवीरको जुहारीले बलिउड तताउँदै
एजेन्सी: बलिउडका अहिलेका चल्तीका नायक रणवीर सिंह र शाहिद कपुरबीचको जुहारीले बलिउड तताएको छ । 'पद्मावत' मा शाहिद कपुरको भन्दा धेरै चर्चा रणवीर सिंहको भूमिकाको भइरहेको छ । यही कुरा सायद शाहिदले पचाउन नसकेपछि विवाद सुरु भएको हो ।
उनले अलाउद्दिन खिलजीको भूमिका आफू रणवीर भन्दा अलग तरिकाबाट निर्वाह गर्न सक्ने दाबी गरिरहेका छन् । जब उनीसँग खिलजीको भूमिका गर्न चाहेको हो ? भनेर गरिएको प्रश्नमा उत्तर यस्तो थियो 'हो कुन चाहिँ कलाकार यस्तो भूमिका सञ्जय लीला भन्सालीको फिल्ममा निर्वाह गर्न नचाहला ?'
शाहिदले कफी विद करणमा रणवीरले गरेको टिप्पणीबारे पनि मुख खोलेका छन्, 'कफी विद करणमा एक पटक रणवीरले भनेका थिए उनी 'कमीने'मा मेरो भूमिका म भन्दा धेरै राम्रो तरिकाबाट निर्वाह गर्न सक्छु भनेका थिए । ....हो म खिलजीको भूमिका उनी भन्दा उत्कृष्ट निर्वाह गर्न सक्थेँ ।'
उनीसँग अर्को प्रश्न पनि गरियो, खिलजीको भूमिका पाएको समयमा उनी कसरी तयारी गर्थे ? यसमा पनि उनले अगाडि भने, 'म विस्तृतमा जान चाहन्न । याद राख्नुस सञ्जय लीला भन्साली आफ्ना सारा फिल्ममा पहिलो हिरो उनै हुन्, त्यसपछि मात्रै अन्य कलाकारको नाम आउँछ ।'
'यसैले खिलजीको भूमिका होस या रतन सिंहको, सबै सञ्जय सरले अनुगमन गर्छन् । मैले फेरि पनि भन्छु खिलजीको भूमिका रणवीर भन्दा अलग तरिकाबाट निर्वाह गर्न सक्थेँ किन कि हामी दुवै अलग कलाकार हौँ । हाम्रो अभिनय शैली पनि फरक फरक छ ।'
'पद्मावत' को सेटमा रणवीरसँग उनको विवादलाई लिएर उनले भने, 'म रावल रतन सिंह थिएँ, जुन धेरै प्रतिक्रिया दिँदैनथियो । म सेटमा पनि यस्तै थिएँ । म आफ्नो क्षेत्रमा बस्थेँ अनि गीत सुनेर बस्थेँ ।'
तर पनि शाहिदले यो विवाद जारी रहेका बेला रणवीर जस्ता मेहनती कलाकारसँग काम गरेका कारण आफुले पनि राम्रो अभिनयको कोशिश गरेको बताए । 'पद्मावत' २५ जनवरीमा रिलिज भएको थियो। केही राज्यमा प्रतिबन्धका बाबजुत फिल्मले बक्स अफिसमा राम्रो आम्दानी गरिरहेको छ ।