गायक बिमलको ‘रुपको झट्का’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं : गायक बिमल गौतमको नयाँ म्युजिक भिडियो ‘रुपको झट्का’ सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा मोडल एलिसा राई र कोरियो ग्राफर तथा मोडल गम्भीर विष्टले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन रहेको नृत्यमा ‘ह्याण्ड टु ह्यान्ड क्रु’ ले साथ दिएको छ ।
म्युजिक भिडियोको निर्देशन गम्भीर स्वयमले गरेका छन् भने गायक बिमल र प्रकाश श्रेष्ठका शब्दलाई बिमल आफैँले संगीत भरेका हुन् ।
युवा पुस्ताको बोली चालीमा प्रयोग हुने शब्दलाई गीतमा समावेश गरिएको छ । त्यस्तै संगीतमा लोकपन र आधुनिताको फ्युजन रहेकको गायक बिमलले बताए । फाष्ट विटको डान्सिङ गीत भएकोले युवा पुस्ताले धेरै रुचाउने अपेक्षा गरिएको छ ।